आफ्नो काम र कर्तव्य थाहा छैन रामेछापको हुलाक हाकीमलाई

Written by meropradesh creator

२ फाल्गुन २०७९, मंगलवार

रामेछाप– सेवाग्राहीको सहजताका लागि रेडियो र अनलाइन सञ्चारमध्यम नविकरणको अधिकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले हुलाक कार्यालयलाई दिएको छ ।

तर जिल्ला हुलाक कार्यालय रामेछापले भने सेवाग्राहीलाई अनावश्यक दु:ख दिने गरेको छ । जिल्ला हुलाक कार्यालयले दिने समान्य सेवाको बारेमा समेत जानकारी नरहेको पाइएको छ जिल्ला हुलाक कार्यालय रामेछापकी प्रमुख साननानी अधिकारीलाई ।

आइतबार अनलाइनको प्रमाणपत्रमा नविकरण जनाउन जिल्ला हुलाक कार्यालय रामेछाप पुगेका हाम्रो अनलाइन न्यूजका सञ्चालक निरज श्रेष्ठलाई जिल्ला हुलाक कार्यालय रामेछापकी प्रमुख साननानी अधिकारीले अनलाइन सञ्चारमध्ययम नविकरण गर्ने अधिकार हुलाकलाई नभएको भन्दै फर्काइदिइन । श्रेष्ठलाई फर्काइएको मात्र होइन, अनलाइन सञ्चारमाध्ययम नविकरण गर्न जिल्ला हुलाक कार्यालयलाई कुनै परिपत्र र कार्यविधि नभएको समेत अधिकारीले बताइन । कार्यालय प्रमुखले अनलाइन सञ्चारमध्यम नविकरण गर्ने कार्यविधि नै भएको बताएपछि हाम्रो अनलाइन न्यूजका सञ्चालक श्रेष्ठ सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम नविकरण सम्बन्धि हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयहरुको नाममा जारी गरेको पत्रसहित पुन: हुलाक कार्यालय पुगेका थिए ।

हुलाक कार्यालयलाई अनलाइन सञ्चारमध्ययम नविकरण गर्ने अधिकार छ भन्ने यसअघि थाहा नभएको भन्दै पत्र हेरपछि अधिकार भएको कुरा स्वीकार गरिन तर नविकरण गर्न भने पुन: अस्वीकार गरिन । सूचना तथा प्रसारण विभागले २०७८ साल भदौ २१ गते हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयहरुलाई संवोधन गरी प्रमाणपत्र नविकरण गर्ने सम्बधमा जारी गरेको पत्रमा विभागबाट स्वीकृत भएको निवेदन लिई अनलाइन सञ्चारमाध्यम दर्ता प्रमाणपत्रमा अधिकृतस्तरको कर्मचारी वा कार्यालय प्रमुखबाट नविकरण जनाइदिनु भन्ने स्पष्ट उल्लेख छ । आवश्यक कागजात लिएर जाँदा पनि नविकरण जनाउन अस्वीकार गरेर अनावश्यक दु:ख दिएको हाम्रो अनलाइन न्यूजका सञ्चालक श्रेष्ठले बताए ।

सूचना तथा प्रसारण विभागतबाट स्वीकृत भएको निवेदन विभागबाटै जिल्ला हुलाक कार्यालयको इमेलमा पठाउँदा समेत जिल्ला हुलाक कार्यालयकी प्रमुख साननानी अधिकारीले हुलाकबाट नविकरण जनाउन नमिल्ने भन्दै फिर्ता पठाएको श्रेष्ठले बताए ।

विभागबाट स्वीकृत भएको निवेदन सहित आउँदा अनलाइनको प्रमाणपत्रमा नविकरण नजनाइदिनु कार्यालयको कमजोरी भएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए । कार्यालयको कमजोरीका कारण सेवाग्राहीले दु:ख पाउन नहुने भन्दै आगामी दिनमा यस्ता कमजोरी हुन नदिन कार्यालयलाई सचेत गराउने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । सञ्चारमाध्यमको तालुकदार अड्डाको रुपमा रहेको हुलाक कार्यालयले दिने सामान्य सेवाको बारेमा समेत कार्यालय प्रमुखलाई जानकारी नहुनु जिल्लाकै लागि लज्जाको विषय भएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...