नेविसंघ रामेछाप द्वारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

Written by meropradesh creator

१० माघ २०७९, मंगलवार

रामेछाप । नेपाल बिद्यार्थी संघ रामेछापले मन्थली माध्यमीक बिद्यालयका ३ सय बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । चिसोको समयमा बिद्यार्थीलाई बिद्यालय आउन समस्या हुने भएकोले सोइटर बितरण गरेको नेविसंघले जनाएको छ । न्यानो कपडा बितरण कार्यक्रम गर्दै कार्यक्रमका प्रमुख अतिथि एव प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ (कान्छाराम) ले बिद्यार्थी संग संगै अभिवाबक र शिक्षकले पनि ध्यान दिनु पर्ने बताए । शिक्षकहरु कक्षा कोठामा मोवाइल लिएर पढाउन जाने गरेको अबिभाबकहरुको र बिद्याथीहरुको गुनासो बाग्लै आउने गरेको भन्दै मोबाइल लिएर कक्षा कोठामा जाने शिक्षकले प्रभावकारी ढंगबाट पढाउन नसक्ने बताए ।

बिद्यालय आएका शिक्षकहरुको मोवाइल १० बजे देखि ४ बजे सम्म प्रधानाध्यापक को कार्यकक्षमा राखेर पढाउन गए मात्र राम्रो सँग पढाउन सकिने अन्यथा गुणस्तरीय पढाई नहुने भन्दै शिक्षकहरुलाई मोवाइलमा धेरै केन्द्रित नहुन आग्रह गरे । साथै कार्यक्रममा बोल्दै घरपायक शिक्षकले राम्रो सँग पढाउन नसक्ने भएकोले राम्रो तलव दिएर घर पाएक भन्दा वाहिर पठाउँदा मात्र प्रभावकारी पठन पाठन हुन सक्ने बताए । कार्यक्रमकी बिशिष्ट अतिथि एबं जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का, कार्कीले मन्थली मावि लाई आफुले पनि सकेको सहायोग गर्न आबश्यक पहल गर्ने बताएका छन् ।

जिल्ला सदरमुकामको बिद्यालय राम्रो भयो भने जिल्लाका सबै बिद्यालयहरुले अनुसरण गर्ने भएकोले गुणस्तरीय पठनपाठनका लागि मन्थली मावि सधै अग्रस्थानमा हुनुपर्ने कुरालाई जोड दिए । त्यस्तै गरी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीले नेविसंघले गरेको सकरात्मक भएको भन्दै आगामी दिनमा पनि बिद्यालयमा अझ रचनात्मक कामहरु गर्न र बिद्यालय सुधारका लागि सल्लाह सुझाव दिन आग्रह गरे । कार्यक्रमको अबसरमा बोल्दै नेविसंघका अध्यक्ष बिनोद बुढाथोकीले आफ्नो संगठनले पहिलो चरमा मन्थली माविका ३ सय वालालिकाहरुलाई न्यानो कपडा बितरण गरेको बताउदै आर्थिक अवस्थाको कारण कुनै पनि बिद्यार्थीले पढाई छाड्न नपर्ने बताए । आर्थिक समस्याले कसैले बिद्यालय छाड्न पर्दैन । यदि समस्या परेको अवस्थामा नेविसंघले त्यस्तो बिद्यार्थीको पठन पाठनको जिम्मा लिने बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...