खानेपानी प्रमुखको जोशीको मनोमानी

Written by meropradesh creator

७ माघ २०७९, शनिबार

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन नं–४ रामेछापका प्रमुख डिभिजन ईन्जिनियर हुपेन्द्र जोशीले कार्यालयलाई मनोमानी ढंगले सञ्चालन गर्दै आएको छ । प्रमुख जोशीले आफु अनुकुल फाइदा हुने गरी जिम्मेवारी दिने काम गर्दै आएका छन् । आफु अनुकुल काम गर्ने र सोहि अनुसार जिम्मेवारी दिदै काम लगाउने गरेको कर्मचारीहरुको गुनासो छ ।
प्रमुख जोशी एक पम्प उत्पादन निजि कम्पनिको आमन्त्रणमा भारत भ्रमणमा गएका छन् । भारत जानु अघि प्रमुख जोशिले कार्यालयमा काम गर्ने ईन्जिनियर र लेखा अधिकृत हुँदा हुँदै नियम विपरित आफु अनुकुल कर्मचारी कम्प्युटर अपरेटर खुम्ब बहादुर मगरलाई कार्यालयको निमित्त प्रमुख दिएर हिडेका छन् । विहिबार आफना विश्वास पात्र मानिने मगरलाई कार्यालयको निमित्त प्रमुख दिएर हिडेपछि कर्मचारी बिरोधभाष उत्पन्न भएको हो ।

सरकारी नियम अनुसार कुनै पनि कार्यालय प्रमुखले कार्यालय छाडेर बाहिर जानु अघि प्राविधिक कार्यालयको हकमा दोस्रो बरियतामा रहेको ईन्जिनियर र ईन्जिनियर नभए सब ईन्जिनियर र सब ईन्जिनियर पनि नभए प्रशासन तर्फको सिनियर ब्यक्तिलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर बाहिरिनु पर्ने प्रावधान रहेको छ । तर डिभिजन ईन्जिनियर जोशिले भने उक्त प्रावधान विपरित गैर कानुन विपरित काम गरेर कानुनको वर्खिलाप गरेको आरोप कर्मचारी वृत भित्र लागेको छ ।

रामेछाप सिन्धुली र दोलखा गरि तीन जिल्लाको मुख्य कार्यालय मन्थलीमा रहेको र उक्त कार्यालयको प्रमुखले जिम्मेवारी पुर्ण काम गर्नु पर्नेमा एक पछि अर्काे गर्दे गैर जिम्मेवार काम गरेर कार्यालय बाट हुने नागरिकको काममा समस्या आउँदा पनि तालुकि कार्यालयले भने प्रमुख जोशिको कामका बारेमा कुनै वास्ता गरेको छैन् ।
कार्यालयमा स्थाई प्राविधिक कर्मचारी समेतको अभाब रहेको र अस्थाई तथा करारका कर्मचारी हरुको काममा कार्यालय प्रमुखले विश्वास नगरेका कारण कतिपय नयाँ योजनाहरु पनि सम्झौता हुन सकेका छैन्न भने कतिपय चालु योजनाहरुको काम पनि अघि बढ्न सकेका छैनन् ।

रामेछापमा मात्र नभएर दोलखा र सिन्धुलि जिल्लामा पनि प्रमुख जोशिको कार्यशैलिको बारेमा कुरा उठेपछि निजलाई खानेपानी प्रदेश कार्यालयले धादिङ खानेपानीमा सरुवा पनि गरेको थियो । तर प्रदेश सचिव स्तरको २०७९ पुस ७ मा बसेको बैठकको निर्णय भन्दै धादिङमा भएको सरुवा बदर गरी जोशीलाई मन्थलीमानै पदस्थापना गरेपछि उहाँको मनोबल बढेको आरोप लागेको छ ।
जोशिको विभेदपुर्ण र अब्यवहारिक निर्णयका कारण कार्यालयमा कार्यरत अधिकााश कर्मचारीहरुमा असन्तुष्टि चुलिदा कतिपय उपभोक्ता समिति हरुको काम तामेलिमानै समस्या उत्पन्न भएको छ ।
आर्थिक वर्ष०७९÷८० मा प्रदेशतर्फ रामेछापमा ४४, दोलखामा ६४ र सिन्धुलीमा ४९ गरी कुल जम्मा १ सय ५७ वटा योजना संचालनमा रहेका छन् । ति योजना मध्ये कतिपय योजनाको कामले गति लिन सकेका छैनन् ।

कार्यलयका एक कर्मचारीले भने कार्यालयले गर्ने धेरै काम हरु भद्रगोल अबस्थामा रहेका छन् । फिल्डमा खटिने कर्मचारी, इन्जिनियर पनि गाउँ गएका छैनन् । यतिबेला उपभोक्ता समितिहरूले काम धमाधम गर्नु पर्ने बेला कार्यालय प्रमुखले बजेट छैन, भनेर काम रोक्नु पनि सर्व साधारणको लागि दुर्भाग्य पुर्ण कुरा रहेको बताए ।
यसबारेमा प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी संग सम्पर्क गर्दा रेग्मीले कार्यालयका प्रमुखको कामका बारेमा यस अघि पनि गुनासो आएको भन्दै नियम विपरित गएर कम्प्युटर अपरेटरलाई निमित्त प्रमुख दिनु गलत भएको बताए । प्रमुख जिल्ला अधिकारी रेग्मीले भने – प्राविधिक तर्फका कार्यालयको हकमा प्रमुखले निमित्त दिंदा आफु भन्दा मुनिको ईन्जिनियर र ईन्जिनियर नभए सब ईन्जिनियर र त्यो पनि नभएर प्रशासन तर्फको सिनियर ब्यक्तिलाई निमित्त दिएर जानु पर्ने हो । तर कार्यालय प्रमुखले यसो गरेर गलत काम गरेको देखिन्छ । यस बारेमा कार्यालयमा हाजिर हुना साथ कार्वाहिको लागि आवश्यक प्रकृया अघि बढाईने जानकारी प्रनि प्रजिअ रेग्मीले दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...