रामेछाप उद्योग बाणिज्य संघको अधिवेशन फागुनमा

Written by meropradesh creator

५ माघ २०७९, बिहीबार

रामेछाप । रामेछाप उद्योग बाणिज्य संघको ८ औं जिल्ला अधिवेशन आगामी फागुन २७ शनिवार जिल्ला सदरमुकाम मन्थलीमा हुने भएको छ ।

बाणिज्य संघको बिहिवार बसेको ३५ औं सचिबालय बैठकले माघ २१ गते १४ औं साधारणसभा सम्पन्न गर्ने र ८ औं जिल्ला अधिवेशन आगामी फागुन २७ गते गर्ने निर्णय गरेको हो । फागुनमा हुने जिल्ला अधिवेशनको प्रमुख अतिथि नेपाल बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रकास ढकालको प्रमुख आतिथ्यतामा गर्ने निर्णय भएको रामेछाप उद्योग बाणिज्य संघका महासचिव नबराज ढुंगेलले जानकारी दिए ।

उनले भने– बिधान अनुसार संघको साधारणसभा सकेर जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि पदाधिकारी बैठकले निर्णय गरेको छ । जसअनुसार साधारणसभा र अधिवेशन सम्पन्न गर्नको लागि विभिन्न उप–समिति गठन गरेर काम अघि बढाइने भएकाले सभा सम्पन्न नभएसम्म पदाधिकारीको सक्रियता बढ्ने आफुले बिश्वास लिएको महासचिब ढुंगेलले बताए ।

दुईवटा नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटा स्थानिय तह रहेको रामेछापमा रामेछाप नगरपालिका बाहेक ७ वटा स्थानिय तहमा गरि उद्योग बाणिज्य संंघमा विभिन्न व्यापारव्यवसाय संचालन गर्दै आएका १ हजार ४ सय ८ जना सदस्यहरु आवद्ध रहेका छन् । जसमध्ये अधिवेशनमा भने १ हजार ३ सय ८७ जनाले मात्रै मतदान प्रक्रियामा सहभागी हुन पाउने रामेछाप उद्योग बाणिज्य संघका सचिव सुरेश उदासले जानकारी दिए ।

उद्योग बाणिज्य संघको अधिवेशनको मिति घोषणा नहुँदै केही हाल बहालवाला पदाधिकारीहरु आफ्ना सदस्यहरुको घरघरमा पुगेर आउने अधिवेशनमा आफुु उम्मेदवार बन्ने भएकाले मतदान गराई निर्वाचन गराइदिनुु भन्दै एक चरण पालिकास्तरमा पुगिसकेका छन् । यसबाट के बुझिन्छ भने यसपटकको रामेछाप उद्योग बािणज्य संघको अधिवेशन बिगतका भन्दा रोचक हुने देखिन्छ ।

संघको पदाधिकारी बैठकले अधिवेशनको टुुङ्गो लगाएसँगै जिल्लाको बजारी क्षेत्रमा व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरु उम्मेदवार क–कसलाई बनाउने, माहोल कस्को बलियो छ भन्ने बिषयमा बजारको चोकचोकमा र चिया पसलमा व्यवसायी बिच एकआपसमा कुरा आदनप्रदान हुन थालेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...