पैदल हिड्न छाडेसँगै सुनसान बने गोरेटाे बाटा र चौतारा

Written by meropradesh creator

२४ पुष २०७९, आईतवार

रामेछाप । केही बर्ष अघिसम्म साविकको भटौली गाविसको मुगिटार हुँदै पकरवासको सान्डे बेसिको उकालो बाटोमा पैदल हिड्ने बटुवा बाक्लै देखिन्थे । सान्डेको उकालोपछि डाँडामा रहेको वरपिपलको चौतारामा भारि बिसाएर बस्ने भरिया र बटुवाको भिड लाग्ने गर्दथ्यो । तर अहिले त्यो गोरेटो बाटो र चौतारो दुवै सुनसान बनेका छन् ।

सडक निमार्ण नहुँदा रामेछापको सदरमुकाम मन्थलीको तामाकोशी घाटमा रहेको नदी डुङ्गाबाट तरेर भटौलीको मुगिटारको बगर हुँदै पकरबास रजगाउँको उकालो लाग्दै सान्डे बाट पुछिघाटमा रहेको सुनकोशी नदी तरेर काठमान्डौ तर्फ जाने पैदल यात्रीको लर्को लाग्ने गर्दथ्यो । उक्त बाटोमा हिड्ने सबै बटुवाको बस्ने संगम स्थलमा रहेको सान्डेडाँडाको चौतारो यतिखेर सुनसान र चकमन्न बनेको छ ।

सान्डेडाँडाको चौतारो मात्र हैन त्यस वरपरका वस्तीहरु समेत चकमन्न अवस्थामा रहेका छन् । पहिला सडक नहुँदा सान्डेको गोरेटो बाटो हुँदै हिड्ने हजारौ यात्रीहरु अहिले नदीमा जताततै पुल र सडक निमार्ण भएसँगै यातायातका साधनमा हिड्न लागेपछि पैदल हिड्ने गोरेटो बाटो र थकाई बिसाउने चौतारा दुवै सुनसान वनेका हुन् ।

पहिला त यो वाटोमा हिड्ने यात्रीहरु बाक्लै थिए । भारी बोक्ने भरियाले गर्दा सानो र साँघुरो बाटोमा त पालो नै कुर्नुपर्ने थियो । तर अहिले सडक निमार्ण भएसँगै गाउँका चौतारा र वाटो दुवै चकमन्न भएको खाँडादेवी गाउँपालिका–४ सान्डेका दिपक कार्कीले जानकारी दिए  ।उनले भने– सडकको सुविधा सँगै पैदल हिड्ने बटुवा हराए । अहिले सुविधा बढेसँगै गाउँमा रहेका केही आर्थिक रुपले सम्पन्न भएकाहरुले पनि गाउँ    छाडे ।

गाउँमा सुविधा सम्पन्न विद्यालय नहुँदा बालबालिका पढाउनकै लागि भएपनि गाउँका धेरै नागरिक सुविधा भएको ठाउँमा सरे । अहिले त गाउँमा आर्थिक रुपले पछाडी परेका कीत बुढापाका मात्रै रहेका छन् । गाउँमा सडक सञ्जालले छोएता पनि नियमित यातायातका साधन नचल्दा गाउँका नागरिक अहिले पनि सान्डेको गोरेटो बाटो डिड्ने गरेको भएता पनि अन्य पैदल यात्रीहरु भने डिड्न छाडेको कार्कीले बताए ।

खानेपानीको चरम समस्या रहेको सान्डेडाँडामा अहिले तामाकोशी नदीवाट पानी लिफ्ट गरेर डाँडामा पुर्याइएको छ । पानी भएपनि अहिले गाउँ सुनसान छ । गाउँमा खानेपानीको सुविधा पुग्नु भन्दा पहिला नै धेरैले गाउँ छाडेर बसाइसराइ सरे । पहिला गाउँमा भएका खानेपानीको मुल सुक्दा सुनकोशी नदीवाट पानी बोकेर खानु पर्ने वाध्यता थियो ।

गाउँमा पानी अभावकै कारण पशु चौपाया पाल्न पनि कठिन हुन्थ्यो स्थानिय लक्ष्मी कार्कीले जानकारी दिइन । अहिले त पानीको सुविधा छ । सडक निमार्ण भएसँगै यातायात हुनेलाई त झनै सजिलो भएको छ । पैसा भए त साधन नहुनेले पनि भाडामा लिएर आउँजाउँ गर्न त सहज भयो कार्कीले भनिन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...