एमाले रामेछाप द्धारा आफना प्रदेश सभा सदस्यलाई सम्मान

Written by meropradesh creator

२२ पुष २०७९, शुक्रबार

रामेछाप । बागमति प्रदेश सभामा सरकारको नेतृत्व गर्ने तरखरमा रहेको नेकपा एमाले रामेछापले जिल्लाबाट वाग्मती प्रदेश सभा सदस्यका रुपमा निर्वाचित आफना दुई जना सदस्यलाई सम्मान गरेको छ ।एमाले रामेछापको बुधबार मन्थलीमा सम्पन्न पार्टीको सातौँ जिल्ला कमिटी बैठकले जिल्लाबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका पार्टी अध्यक्ष आनन्द श्रेष्ठ र वाग्मती प्रदेश सदस्य मायाकुमारी कार्कीलाई कार्यालय परिसरमा सम्मानित गरेको हो ।
जिल्ला अध्यक्ष समेत रहनु भएका श्रेष्ठ पार्टिको जनजाति तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो भने कार्की खस आर्य कोटा तर्फ महिला समुदायबाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो । निर्वाचित दुवै जनालाई जिल्ला कमिटिको बैठकका प्रमुख अतिथि एवं नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इञ्चार्ज काशीनाथ अधिकारीले सम्मान पत्र प्रदान गर्नुभएको जानकारी एमाले रामेछापले गराएको छ ।
पार्टी पोलिटब्युरो सदस्य कमल चौलागाईं, केन्द्रीय सदस्यहरु क्रमश कैलाशप्रसाद ढुङ्गेल, माधव ढुङ्गेल, गीता कार्की लगायतको रोहबरमा गरिएको उक्त सम्मान कार्यक्रमका अबसरमा उहाँहरुलाई प्रमुख अतिथिले सम्मान पत्र तथा खदा माला लगाएर कार्यकाल शुभकामना सहितको बधाई दिनुभएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...