मातृ शिशु स्वास्थ्य कार्यक्रम सरोकारवाला द्वारा बहिस्कार

Written by meropradesh creator

१३ पुष २०७९, बुधबार

रामेछाप । रामेछाप जिल्लामा सञ्चालित मातृ शिशु स्वास्थ्य कार्यक्रम (वन हर्ट वल्ड वाइट) पमरदर्शी नभएको भन्दै सरोवारवालाहरुले बहिस्कार गरेका छन् । स्वास्थ्य कार्यालय रामेछापको मातहतमा रहेर सन् २०१८ देखी जिल्लामा आयोजना सञ्चालन भएको आयोजकले दावी गरेको भए पनि सरोकारवाला निकाय संग भने कुनै प्रकारको समन्वय नभएको सरोकारवाला निकायले दावी गरेको छ । मातृ शिशु स्वास्थ्य कार्यक्रमका प्रमुख राजेश लोहोनीले प्रस्तुत गरेको विवरण चित्त बुझ्दो नभएको भन्दै सरोकारवाला निकायहरुले कार्यक्रम बहिस्कार गरेको हो ।

जिल्ला समन्य समितिका सयोजक आयोजनाको अध्यक्ष रहने कानुनी ब्यवस्था रहेको छ । आयोजनाको अध्यक्षलाई समेत जानकारी नगराई कार्यक्रम शुरु गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख चिना कार्की (खड्का)ले कार्यक्रम छाडेर हिडेपछी पत्रकार र सरोकारवाला निकायले गरेको प्रश्नको जवाफ नआएपछी कार्यक्रम स्थगित भएको हो ।

मातृ शिशु स्वास्थ्य कार्यक्रमका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति रामेछापका सयोजक चिना कार्कीले आफुलाई सानो कार्यक्रम रहेकोले भन्दै सभाहलमा बोलाएपछी आफु उपस्थित हुन साथ कार्यक्रमको अध्यक्षता गराएको बताउनु भयो । कार्यक्रमको अध्यक्षता गराउन साथ कार्यक्रमको र आयोजनाको विषयमा आफुले बुझ्न खोज्दा सहि जवाफ आयोजना प्रमुखले नदिएपछी करडौं रकमको लगानीमा भएको कार्यक्रम सम्पन्न भएको भन्दै आफ्नो अध्यक्षतामा कार्यक्रम गर्न नसक्ने उहाँले बताउनु भयो ।

समन्वय समितिका प्रमुख कार्कीले भन्नु भयो ३ करोड १९ लाख ६३ हजार ३ सय ३९ रुपैंया बराबर रकम खर्च गरेको कार्यक्रम प्रमुखले विबरण पेश गरेपछी आफु विना जानकारी कार्यक्रममा बस्न उपयुक्त नभएको भन्दै कार्यक्रम छाडेर हिडेको बताउनु भयो । आयोजकले गाउँपालिका, नगरपालिका लगाएत संघ संस्था संग सहकार्य गरेर काम गरेको दावी गरेपछी गाउँपालिकाका जनप्रतिनिधि र सम्बन्धीत सहकार्य गरेको संस्थाका प्रतिनिधि नराखी कार्यक्रम समापन गर्न आफु नसक्ने भन्दै गाउँपालिका जनप्रतिनिधि लगाएत सम्बन्धीत संघ संस्थाका प्रमुखहरुलाई कार्यक्रममा समाबेश गर्न आफुले सुझाब दिएको समन्वय प्रमुख कार्कीले बताउनु भयो ।

गाउँपालिकाका लगाएत सम्बन्धीत संघ संस्थाकाप्रमुखहरु सहित बसेर कार्यक्रमको पारदर्शीताको विषयमा छलफल गरेर मात्र कार्यक्रम समापन गर्न सकिने समन्वय प्रमुख कार्कीले बताउनु भयो ।
समन्य प्रमुख संगै पत्रकार महासंघ लगाएत सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुले पनि कार्यक्रम पारदर्शी नभएको भन्दै कार्यक्रम छाडेर कार्यक्रम तत्काल स्थगित गर्न माग गर्दै कार्यक्रम बाट बाहिरिएका छन् । पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले भने स्वास्थ्य सम्बन्धी सबै कार्यक्रम आफुले गरेको दावी गरे पनी आयोजना प्रमुखले त्यो औचित्य हिन दावि प्रस्तुत गर्नु भयो । पारदशीताको विषयमा कुरा गर्दा जवाफ आउदैन त्यसकारण विना छलफल कार्यक्रम सम्पन्न भएको आफुहरुले भन्न नसकिने हुदा कार्यक्रम स्थगित गर्न भन्दै आफुहरु कार्यक्रम छाडेर हिडेको बताउनु भयो ।

स्वास्थ्य कार्यलय मार्फत कार्यक्रम सञ्चालन भएको भए पनि आयोजनाकोे विषयमा आफुलाई खासै जानकारी नभएको स्वास्थ्य कार्यलय रामेछापका प्रमुख जितेन्द्र शाहले जानकारी दिनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...