झ्याप्पझ्याप्प जाने विधुत र काठको पोल विस्थापित गरेर बिदा भए– अधिकारी

Written by meropradesh creator

७ पुष २०७७, मंगलवार

रामेछाप । जिल्लामा पटक–पटक विद्युत जाने समस्या देखी काठका पोल विस्थापित गर्दै जिल्लाबासिको मन जितेर सोमवार नेपाल विद्युत प्राधिरकणका प्रमुख बिनोद अधिकारी रामेछापबाट बिदा भएका छन् ।
प्रमुख अधिकारीको रामेछाप विद्युत प्राधिकरणबाट मकवानपुरको पालुङ्ग विद्युत प्राधिकरणको प्रमुखको रुपमा सरुवा भएको हो । साडे तिनवर्ष अघि उनी नेपाल विद्युत प्राधिकरणको प्रमुखको रुपमा रामेछाप आएका थिए । अधिकारीले जिल्लामा विद्युतको समस्याका बिषयमा स्थानिय उपभोक्ताहरुसँग जानकारी लिएका थिए । पटक–पटक झ्याप्पझ्याप्प विद्युत जाने र आउने समस्याले आजित भएका ग्राहकहरुको समस्याको निमित उनले भइरहेको पावर ट्रान्सफरमरको क्षमता बृद्धि गरेर विद्युतको अनियमिततालाई सधाको लागि अन्त्य गरिदिएका छन् ।
जिल्लामा भएको ३ एमभिए ट्रान्सफरमरको क्षमता बृद्धि गरि ६÷८ एमभिएमा परिणत गरेपछि पटकपटक जाने विजुली वत्तीको अन्त्य भएको हो । त्यस्तै सानो एमभिएको ट्रान्सफरमर हुँदा ग्राहकले माग गरे बमोजिमको विद्युत दिन नसकेको प्राधिकरणले अहिले जतिसुकै विद्युत माग गर्दा पनि दिन सक्ने गरि क्षमता विस्तार गरेको छ ।
त्यस्तै जिल्लाभर अस्तव्यस्त रहेको विद्युत बितरण प्रणालीलाई सुद्धिढीकरण गरि विद्युतका काठका पोलहरु परिर्वतन गरेर फलामका पोलहरु विस्तार गर्दै विद्युती आपूर्तिलाई सहज बनाइएको छ । त्यसैगरी रामेछापमा शुरुमा ५० प्रतिशत मात्रै विद्युतीकरण भएकोमा त्यसलाई बृद्धि गरी ९५ प्रतिशत विद्युतीकरण गरिएको छ । अहिले विद्युत नपुगेका रामेछापका अधिकांस गाउँमा विद्युतीकरण पुगेको छ यसमा आफुलाई गर्भ गर्ने ठाउँ भएको नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख बिनोद अधिकारीले जानकारी दिए ।
उनले भने– आफ्नो कार्यकालमा गाउँगाउँमा विद्युतीकरण भएसँगै प्राधिकरणको साबिकका ग्राहक संख्यामा १७ हजार नयाँ ग्राहक थप भएको छ । ग्राहक संख्या कम हुँदा मासिक ५० लाख रुपैयाँ विद्युत महसुल उठ्ने रामेछापमा विद्युतीकरण थप भएसँगै अहिले मासिक १ करोड ५० लाख रुपैयाँ महसुल उठ्ने गरेको छ ।
प्रमुख अधिकारी सँगै नेपाल विद्युत प्राधिकरण रामेछापका प्रशासन प्रमुख तिर्थ आचार्यको समेत सरुवा भएको छ । उनको ललितपुरको किर्तिपुर वितरण केन्द्रमा सरुवा भएको हो, आर्चाय विगत २ वर्षदेखी रामेछापमा कार्यरत रहेका थिए । रामेछापमा वस्दा यहाँका राजनितिक दल, स्थानिय नागरिक, समाजसेवी, संञ्चारकर्मी, व्यवसायी र कार्यालयका सम्पूर्ण कर्मचारी लगाएतले आफ्नो कार्यकालमा धेरै ठूलो सहयोग प्रदान गरेकोमा आफुलाई अत्यन्तै खुशी लागेको प्रशासन प्रमुख आचार्यले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ ।‌ मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि...

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

रामेछाप  — बीपी राजमार्ग विभिन्न स्थानमा क्षति पुगेपछि अहिले सम्म उक्त क्षेत्रमा यातयात अबरूद् छ । आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुने प्रहरीले जनाएको छ। अविरल वर्षा र बाढीका कारण बनेका डाइभर्सन बगाउँदा यातायात सञ्चालन प्रभावित बनेको हो। जिल्ला...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...