देउवा र दाहालको सत्ता स्वार्थ वली सफल

Written by meropradesh creator

११ पुष २०७९, सोमबार

रामेछाप । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सत्ता स्वार्थ रहेको कारण नेकपा एमालेका अध्यक्ष केपि शर्मा वली सफल भएको छ । प्रधानमन्त्री पद देवाले नछाडे पछी दाहाल एमालेको शरणमा पुगेर प्रधानमन्त्री बनेका छन् । देउवा र दाहाल दुबैले सत्ता स्वार्थको कारण एमाले अध्यक्ष वली राजनितिमा सफल भएको छ । कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन टुटाउँदै एमालेसहित ७ दलीय समीकरण बनाएर आइतबारै दाहालले प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए । प्रतिनिधिसभाका २७५ मध्ये एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र ३ गरी १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका हुन ।

दाहाल देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन्  । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी दाहाललाई आइतबार साँझ नियुक्त गरेकी हुन् । शपथ सोमबार अपराह्न ४ बजे हुँदै छ । उनको यो तेस्रो सत्तारोहण हो । दाहाल यसअघि २०६५ र २०७३ मा ९–९ महिना प्रधानमन्त्री बनेका थिए । यसपालि भने अढाई वर्ष प्रधानमन्त्री हुने र त्यसपछि एमालेलाई छाड्ने सहमति छ ।

२०७४ को निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने ‘समझदारी’ कार्यान्वयन नभएपछि केपी शर्मा ओलीसँग तिक्ततापूर्ण सम्बन्ध गुजारेका दाहाल ओलीकै साथले सत्ता नेतृत्वमा पुगेका छन् । प्रतिनिधिसभा विघटन, तत्कालीन नेकपा भंग र एमाले विभाजनका घटनाक्रमले ओली र दाहालबीच संवाद ठप्प मात्र थिएन, चर्को घोचपेच चलिरहेको थियो । आमनिर्वाचनको परिणामले बोलचाल खोलेको एक महिनामै उनीहरू सत्ता सहकार्यका लागि तयार भएका हुन् ।

चुनावमा कांग्रेससँग गठबन्धन गरेका दाहालले कांग्रेसबाट अपेक्षित मत नआएको गुनासो गरे पनि प्रधानमन्त्री पाए त्यसलाई मुद्दा नबनाउने रणनीति लिएका थिए । तर देउवा प्रधानमन्त्री दिन तयार नहुने देखेपछि दाहालले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनलाई एमालेसँग संवादमा खटाएका थिए ।

एमाले हरहालतमा गठबन्धन भत्काउने रणनीतिमा बसेको थियो । यसलाई मौकाका रूपमा उपयोग गरेर आफू प्रधानमन्त्री बन्न सकिने दाहालको बुझाइ थियो । देउवाको अडान कायमै रहँदा एमाले र माओवादीको सत्ता स्वार्थ मिल्न पुग्यो र बालकोटस्थित ओली निवासमा सहमति जुट्यो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...