रामेछापमा मतगणना भद्रगोल–एउटा ढ्वाङ्ग खोज्नै दुई घण्टा

Written by meropradesh creator

७ मंसिर २०७९, बुधबार

रामेछाप । मुख्य निर्वाचन कार्यालयमा खटिएका कर्मचारीको कमजोरीका कारण कोठाभित्र राखिएको एउटा (बाकस) मतपेटिका खोज्नै दुई घण्टा समय खर्चिदा रामेछापको मतपरिणाम सार्वजनिक हुन अझै दुई हप्ता मतदाताले कुर्नुपर्ने देखिएको छ ।

मुख्य निर्वाचन कार्यालय रामेछापले कार्यालयभित्र भण्डारण गरेको मतपेटिका भद्रगोल तरिकाले भण्डारण गर्दा एउटा पालिकाको कुनै एक वडाको मत पेटिका खोज्न मतगणनामा खटिएका कर्मचारीले करिव दुई घण्टा समय लगाउने गरेका छन् । अर्कोतिर एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभाको मतगणना एकै पटक नगर्दा आम रामेछापका मतदाताले आफुले मतदान गरेको उम्मेदवारको मत कती आयो भन्ने सूचना समेत पाउन नसकेको रामेछाप नगरपालिका–७ सुकाजोरका हरिवहादुर बस्नेतले जानकारी दिए ।

उनले भने– मुख्य निर्वाचन कार्यालयमा खटिएका मुख्य निर्वाचन अधिकृत देखी तल्लो स्तरका कर्मचारीसम्म मतदानको परिणाम चाडो सार्वजनिक गर्नु भन्दा मत गन्न जति दिन धैरे लगायो उती दिनको दैनिक भत्ता बढी आउँछ भन्ने हिसावले काम गर्दा रामेछापको मत परिणाम आउँन ढिला भएको बस्नेतले आरोप समेत लगाए ।


मंसिर ४ गते आइतवार सम्पन्न भएको मतदानका सबै मतपेटिकाहरु सोमवार बिहान ९ः३० वजे भित्रै सम्वन्धीत मतदान अधिकृतहरुले मुख्य निर्वाचन कार्यालयमा बुझाईसकेका थिए । कार्यालयमा मतपेटिका बुझेका मुख्य निर्वाचन अधिकृतले तत्काल सर्वदलिय बैठक बोलाएर मतगणना शुरु गर्नुपर्नेमा मतपेटिका भण्डारण गरी आराम गर्छु भन्दै मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्मा कार्यालयवाट बाहिरिएसँगै मतगणना शुरु हुन सकेको थिएन ।

सोमवार साँझ सर्वदलिय बैठक राखेर सोही दिन राती ९ः३० वजेवाट शुरु भएको मतगणना तीनदिन लगाएर एउटा उमाकुण्ड गाउँपालिकाको मात्र सम्पन्न भएको छ । अहिले भएको मतगणनाको अवस्था हेर्दा जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकाको मतगणना सम्पन्न गर्न अझै दुईहप्ता भन्दा बढी समय लाग्ने देखिएको नागरिक समाज रामेछापका अगुवा हिमाल ढुंगेलले बताए ।

उनले भने– मुख्य निर्वाचन कार्यालय रामेछापले मतगणना प्रति धेरै चासो नदेखाउँदा समयमा परिणाम आउन नसक्ने ठोकुवा गरे । कार्यालयको भवनमा कोठाहरु प्रयाप्त हुँदाहुँदै पनि मुख्य निर्वाचन कार्यालयले थोरै कर्मचारी राखेर मतगणना गर्दा समयमा मतपरिणाम आउन नसक्ने भएकाले कर्मचारी थप गरि मतगणना स्थल बढाउनुपर्ने ढुंगेलले बताए ।


यता निर्वाचनमा होमिएका मुख्य प्रतिस्पर्धी दलका उम्मेदवार र दलका नेताहरुले समेत मतगणना चाडो सक्न मुख्य निर्वाचन अधिकृत र कर्मचारीहरुलाई दवाव दिन सकेका छैनन् । मतगणना स्थलमा पुगेका उम्मेदवार र तीनका प्रतिनिधिहरु मध्ये लोकतान्त्रीक गठवन्धनका उम्मेदवारहरु निर्वाचन जितिहालिन्छ बिस्तारै मत गन्दा नी के हुन्छ र भन्ने उनीहरुमा एक किसिमका हुटहुटी जागेको छ ।

यता प्रतिस्पर्धी दल नेकपा एमाले र अन्य साना दलका उम्मेदवारहरु र तीनका प्रतिनिधिहरु मतगणनाको परिणाम विस्तारै आएपनि केही छैन भन्दै बस्ने गरेकाले रामेछापको मतपरिणाम आउन ढिलो हुने देखिएको हो । रामेछापका राजनितिक दलका नेताहरु र उम्मेदवारले चासो नदेखाउँदा मतपरिणाम समाचार सुन्न प्रतिक्षामा बसेका आम मतदातामा नैराश्यता छाएको मन्थली नगरपालिका–१ का कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यालयमा ठाउँको अभाव भएकाले चार स्थानमा मात्रै मतगणना हुँदा धेरै समय लागेको मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले जानकारी दिइन । उनले भनिन्– प्रयाप्त ठाउँ नहुँदा मतगणनाको परिणाम आउन समय लागेको बताइन ।

जिल्लामा कुल १ लाख ८० हजार १ सय ६ जना मतदाताहरु मध्ये ८८ हजार ९ सय ३३ जना मतदाताले मतदान गरेका थिए । मुख्य निर्वाचन कार्यालय रामेछापले बुधवार बिहान ११ वजेसम्म जम्मा ११ हजार ९ सय ८५ मतको गणना मात्रै सकेको छ ।

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...