दुई क्रियापुत्रीले गरे मतदान

Written by meropradesh creator

४ मंसिर २०७९, आईतवार

रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा दुई क्रियापुत्रिले  मतदान गरेका छन् ।

बाबु नरराज पुरीको निधन पछि कोरामा रहेका दुई छोरा नीलकण्ठ पुरी र प्रकाश पुरीले मतदान स्थलमा पुगेर मतदान गरेका हुन् । उनीहरुसँगै उनका श्रीमतीले पनि प्रतिनिधिसभा सदस्य र प्रदेशस सभा सदस्यमा उम्मेदवार वनेका नेताहरुलाई मतदान गरेका हुन् । आफ्नो सिङ्गो परिवार नै शोकमा डुबेको समयमा पनि आफ्ना उम्मेदवारहरु निर्वाचित हुन र देश विकासमा टेवा पुर्याउन भन्ने उद्धेश्यले आफुले मतदान केन्द्रमा आएर मतदान गरेको प्रकाश पुरीले जानकारी दिए ।

मतदान स्थलमा खटिएका कर्मचारीहरुले क्रियापुत्रीलाई सहज ढंङ्गले मतदान गर्ने वातावरण मिलाइदिएका थिए । रामेछापमा ९६ मतदान स्थल र २२६ वटा मतदान केन्द्रवाट मतदान भइरहेको छ । सबै मतदान केन्द्रहरुमा मतदाताको संख्या पातलो रहेको निर्वाचनमा खटिएका मतदान अधिकृतहरुले बताएका छन् ।

जिल्लाभर दिउँसो २ बजेसम्म कुल ४० प्रतिशत मत खसेको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए । उनले भने– केही मतदान स्थलमा होहल्ला गरेर मतदातालाई प्रभावित पार्न खोजिएपनि तत्कालै सुरक्षाकर्मीले उछृखल गतिविधिमा संलग्न व्यक्तिहरुलाई सम्झाईबुझाई गरेपछि अवस्था शान्त रहेको र जिल्लाभर त्यस्तो कुनै अप्रिय घटनाहरु नभएको पनि प्रजिअ रेग्मीले बताए ।

रामेछापमा कुल १ लाख ८० हजार १ सय ६ जना मतदाताहरु रहेका छन् ।

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...