राजा महेन्द्र र ज्ञानेन्द्रले गरेको ‘कू’ भन्दा फरक छैन ओलीको कदम

Written by meropradesh creator

५ पुष २०७७, आईतवार

अनेकौं हन्डर–ठक्कर खाएको हाम्रो इतिहासले लामो संघर्षपछि लोकतन्त्र स्थापना गर्न सफल भएको थियो । निरंकुश जहानियाँ राणा शासनदेखि पञ्चायती व्यवस्थाको अन्त्यसम्म लाखौं जनाताले बलिदान र त्याग गर्नुपर्‍यो । हजारौं सहिद भए ।

लामो त्याग र तपस्याले अन्ततः जनताको अधिकार स्थापना ग¥यो । देशमा संविधान बन्यो । सबै तहको चुनाव सम्पन्न भयो । इतिहासमै बिरलै प्राप्त हुने दुईतिहाइ सहितको बलियो सरकार बन्यो ।

जनताले सरकारलाई देश निर्माणको जिम्मा सुम्पिए । संविधानमा निर्दिष्ट भएर नीति, नियम, कानुन बनाउने र थिति बसाल्न जिम्मा सरकारलाई मिल्यो । जनताको प्रत्यक्ष सहभागितामा आधारित भइ आर्थिक समृद्धिले फड्को मार्ने सम्पूर्ण अवसर सरकारलाई थियो ।

देशलाई भ्रष्टचारमुक्त गर्दै सुशासन कायम गर्ने बलियो आधार थियो । आर्थिक–सामाजिक र मानव विकासमा ठूलो परिवर्तन गर्न सक्ने वातावरण निर्माण भएको बेला थियो । स्थानीय, प्रदेश, केन्द्रीय तहसम्म आफ्नै हालीमुहाली भएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई आमनागरिकका दैनिक जीवनसँग जोडिएका प्रत्यक्ष र परोक्ष समस्याहरुको समाधान खोज्नु प्रमुख जिम्मा थियो ।

तर, आज जनताको मतलाई ठूलो अपमान गर्दै ओली सरकार संसद् विघटनको निर्णयमा पुगेको छ । संसदमाथि गरिएको यो भन्दा ठूलो अपमान अर्को केही हुन सक्दैन ।

राजा महेन्द्र र ज्ञानेन्द्रले गरेको ‘कू’ भन्दा फरक छैन ओलीको यो कदम । दुईतिहाइको बलियो सरकारले लोकतन्त्रमाथि ठूलो बज्रपात गरेको छ । जनताको मतको अपमान भएको छ । संविधानलाई लत्याएर लोकतन्त्रलाई अपहरण गर्ने कुकृत्य भएको छ ।

संवैधानिक व्यवस्थाको अपहेलना भएको छ । जनताले चुनेका प्रतिनिधिहरूको अभिमानलाई तिरस्कार गरेको छ । बाहुबलको मातमा सबैको आवाजलाई जबर्जस्ती बन्द गरेर निरंकुश चरित्र प्रदर्शन गरेको छ । व्यक्तिगत स्वार्थ पूरा गर्न सिंगो देशलाई नै दुर्घटित गराउने ओली सनकले राष्ट्र नै गम्भीर मोडमा धकेलिएको छ ।

संविधानले दिएको अधिकारलाई निमोठेर ओलीले चालेको कदम तानाशाही प्रतिबिम्ब हो । यो संवैधानिक रुपमा अवैध छ ।
ओली निरंकुशताविरुद्ध लड्नुको अर्को विकल्प छैन । लोकतन्त्रको रक्षाका लागि आम जनता, राजनीतिक दल, बुद्धिजीवि र नागरिक समाजलाई एकजुट हुनका लागि म हार्दिक अपिल गर्दछु ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...