रामेछाप एमालेलाई पहिलो गाँसमै लाग्यो ढुङ्गा

Written by meropradesh creator

२९ आश्विन २०७९, शनिबार

रामेछाप । नेकपा एमाले रामेछापलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । सत्ता गठवन्धनका बलिया उमेदवार पूर्णवहादुर तामाङ ( कान्छाराम ) संग प्रतिस्पर्धा गर्न तम्सिएको रामेछाप एमालेका उमेदावार कैलाश प्रसाद ढुंगेललाई पहिलो गाँसमै ढुङ्गा परेको छ ।

एमालेले निर्वाचन परिचालन र प्रचार प्रचार प्रसारको क्रममा लिखु तामाकोशी गाउँपालिकाको धोविमा शुक्रबार आयोजना गरेको पहिलो कार्यक्रममानै स्थानीयले उपस्थिति नजनाएपछि ढुङ्गेल लगाएतका एमाले कार्यकर्ता तिल्मिलाएका छन् । धोविमा उमेदवार सगैं गएका एमाले जिल्ला र पालिका स्तरका नेताहरु बाहेक औंलामा गन्न सक्ने स्थानीय कार्यकर्ताहरुको मात्र उपस्थिति रहेको थियो ।

देशमा बहुदलिय व्यवस्था आएपछि २०४८ साल देखि लगातार संसदीय निर्वाचनमा उम्मेदवार वनेका कैलाश ढुङगेलले अरु योग्य नेताहरुलाई अवसर नदिएर आफै मात्र पद हत्याउन उद्धत रहेको भन्दै एमाले भित्र तिव्र असन्तुष्टि छ । एमालेका नेता माधव ढुंगेल, रत्न गौतम जस्ता नेताहरुले उनी बाँचुन्जेल सम्म अवसर नपाउने भन्दै एमालेका कार्यकर्ताहरु गुनासो गर्दै हिडेका छन् । प्रदेश निर्वाचनमा उमेदवार भएका शान्तिप्रसाद पौडेलले समेत गएको ५ बर्षमा सिन्को नभाँचेको भन्दै गुनासो गर्ने गरेका छन् ।

पहिलो दिनको कार्यक्रममानै आशा गरेको जस्तो जनसमूहको उपस्थिति नदेखेपछि एमाले नेताहरु न्याउरी मुख लगाएर शनिबार रस्नालु आईपुगेका छन् । एमालेको आधार इलाका भनेको रस्नालुमा गएको स्थानीय निर्वाचनमा एमालेलाई झड्का लागेको थियो । आउदो चुनावमा रस्नालुबाट एमालेले स्थानीय चुनावको भन्दा पनि थोरै मत ल्याउने आंकलन गरीदैछ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...