बुहारी यादबको ज्यादती बिरुद्ध कठायत परिवार द्वारा पत्रकार सम्मेलन

Written by meropradesh creator

२८ आश्विन २०७९, शुक्रबार

रामेछाप । बुहारी बिनु यादबले गरेको हर्कत बिरुद्ध मन्थलीका ब्यवसाय पवन कठायतका परिवारले पत्रकार सम्मेलन गरेका छन् । जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दै कठायत परिवारले बुहारी यादबले घरमा गएर परिवारमाथी हातपात गरेको भन्दै आफ्नो परिवारको सुरक्षाको माग गर्दै पत्रकार सम्मेलन गरेका छन् ।


कठायत परिवारले पत्रकार सम्मेलन गर्दै भने घरमा आफ्नो किराना पसल भएको र पसलमा एक्कासी आएर प्रदिप कठाएत अर्थात उनका श्रीमानलाई हातपात गरे । दाईलाई हात पात गरेपछी छुटाउन जादा दुइ वटी बहिनीहरुलाई र प्रदिपकी आमा तारा कठायतलाई पनी हातपात गरे । त्यसै समयमा उनी आफै बिहोस भएर ढले कठायत परिवारले भने ।

बुहारी यादपको कारण आफुहरुको ज्यूज्यानको सुरक्षा नभएको भन्दै उनिहरुले आफुहरु असुरक्षीत रहेको बताए । कठाएत परिवारले भने परिवार सबै भएको अवस्थामा घरमा गएर हातपात गर्न सक्नेले कुन ठाउमा कस्लाई के गर्छ भन्ने ग्यारेन्टी नभएको बताए । बिमल कठायतले भने ३ बर्ष अघि छोराको बिबाह भयो । बिबाह भएदेखी घरमा तनाब शुरु भयो । मिलेर बस्न नसक्ने अवस्था आएपछी अदालतमा छोटपत्रको लागी माग छोराले गरे अदालतले छोटपत्र गरिदिए । अदालतको फैसलापछी भाई पवन कठाएतलाई जवरजस्ती करणीमा उजुरी दिए र भाइलाई प्रहरीले हिरासतमा लियो । अदालतलेबिहिबार धरौटीमा छोड्ने भनि आदेश दिए संगै आज घरमा गएर हात पात गर्यो । यस्तो हर्कतको कारण आफ्नो परिवार त्रसीत भएको भन्दै आफुले न्याय पाउनु पर्ने बताए ।


त्यस्तै गरी प्रदिपकी एक बहिनीले भने यादबको हर्कतका कारण आफु काठमाण्डौ बसेर पढ्ने बातावरण सम्म बन्न नसकेको कारण घरमा बस्न परेको रुदै भनिन् । उनले भनिन काठमाण्डौमा बस्दा कस्ले के गर्छ भन्ने डर भएको कारण आफुले पढाइ छाड्न परेको भन्दै दुखेसो पोखिन । प्रदिप कठायतले भने मलाई पसलमा बसिरहेको अवस्थामा एक्कासी आएर हातपात गर्यो । आफ्नै घरमा अथवा पसलमा बसिरहेको अवस्थामा त हातपात गर्छ भने भोली बाहिर जाने कसरी कहाँ के गर्छ भन्न नसकिने भन्दै आफ्नो र परिवारको ज्यु ज्यानको सुरक्षा हुन पर्ने बताए ।


कठायत परिवारले गरेको पत्रकार सम्मेलनमा एक्कासी आइपुगेकी बिनु यादबले भने आफुलाई प्रदिप कठायतले भेट्न आउ बसेर सल्लाह गरौं भनेपछी आफु काठमाण्डौं देखी मन्थली आएको तर मन्थली आएपछी फोन गर्दा कठायत फोन सम्पर्कमा नआएपछी घरमा भेट्न पुगेको बताइन् । उनले भनिन घरमा भेट्न पुगे लगतै आफुले नभई कठायत परिवारले आफुलाई हातपात गरेको बताइन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...