आफ्नो उमेदवारलाई जिताउन कांग्रेस एकढिक्का भएर लाग्ने प्रतिवद्धता

Written by meropradesh creator

२८ आश्विन २०७९, शुक्रबार

रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता कार्यकर्ता गठवन्धनका उमेदवारहरुलाई बिजय गराउन उक ढिक्का भएर लाग्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठवन्धनका उमेदवारहरुलाई विजयी गराउन बिहिबार काठमाण्डौंमा रणनीतिक भेला सम्पन्न गर्दे एक ढिक्का भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली काँग्रेसका प्रदेश ख का सभापति राजेश श्रेष्ठ र माओवादी केन्द्रबाट प्रतिनिधि सभाकी समानुपातिक तर्फकी उमेदवार सुनिता गौतमको पहलमा काठमाण्डौंमा भएको भेलामा दुवै दलका तर्फका उमेदवार र प्रमुख नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिनिधिसभा सदस्य उमेदवार पूर्णवहादुर तामाङ (कान्छाराम ) र प्रदेश १(क) का तारानारायण श्रेष्ठ र १(ख) का युवजार चौलागाईले विगतमा पार्टीले रामेछाप जिल्लामा विकास निर्माण र सामाजिक कार्यमा गरेको योगदानको आधार र दलिय घोषणा पत्रका आधारमा सहज जित हुने वताएका छन् ।

सवै साथिहरुले इमान्दारिताका साथ भूमिका निभाउने र मतदानका लागि मतदाताको घर दैलोमा पुग्दा मात्र गठवन्धनका उमेदवारको सहज जित हुने भएकाले उक्त कार्यमा एकजुट भएर लाग्न आग्रह गरेका थिए । टिकट वितरणमा असन्तुष्ट भई प्रदेश सभामा बागि उम्मेदवार हालेका माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य डिल्लीमान तामाङले जसरी पनि गठवन्धनका उमेदवारलाई विजय गराउनु पर्ने अवस्था भएकाले दुवै दलले निष्टापूर्वक भूमिका खेल्न कसर बांकी राख्न नहुने वताए । ‘मैले उमेदवारी फिर्ता लिएको मात्र हैन, गठवन्धनको तर्फका उमेदवारलाई विजयी गराउनका लागि प्रमुख जिम्मेवारी वहन गर्न सक्रिय भएर लाग्छु ’ तामाङले भेलामा सम्बोधनका क्रममा भने ।

टिकटकै विषयलाई लिएर काँग्रेसमा असन्तुष्ट समूह रहेको र तिनले काँग्रेसका उमेदवारलाई भोट नदिन सक्ने हल्ला विपक्षी दल एमालेका कार्यकर्ताले गरीरहेका बेला काँग्रेसका शिर्ष नेताहरुले काठमाण्डौंको भेलामा उपस्थिति जनाएर एकताको संन्देश दिएका छन् । टिकट वितरणका बेला पार्टीमा भएका कमिकमजोरीलाई थाति राखेर अवका दिन निर्वाचनमा एक भएर जाने कुरामा उनिहरुले जोड दिए ।

स्वास्थ्यका कारण उमेदवारी दर्ताको दिन जिल्लामा आउन नसकेका नेताहरु काठमाण्डौंको भेलामा सक्रीय सहभागिता रहेको थियो । भेलामा काँग्रेसका युवा नेता भरत प्रसाद चौलागाईले गठवन्धन भएकाले निर्वाचन जितिहालिन्छ भनेर ठुक्क भएर वस्ने भन्दा पनि सवै एकजुट भएर मतदाता समक्ष पुग्नु पर्ने वताए । ‘निर्वाचन सहज हुदैन सवैले आ आफ्नो स्थानबाट योगदान गर्नुपर्छ ’ चौलागाईले भने – पार्टी प्रति कसैको असन्तुष्टि भए निर्वाचन पछि त्यस विषयमा कुरा गरौंला ।

त्यसैगरी पूर्व जिल्ला सभापति रामचन्द्र खड्काले पार्टीले योगदानको आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै टिकट जसले पाएपनि निर्वाचन जिताउनै पर्ने जिम्मेवारी रहेको वताए । खड्काले गठवन्धनको तर्फबाट उम्मेदवार भएका कान्छाराम तामाङ र प्रदेश सभाका उम्मेदवार तारानारायण श्रेष्ठ धावा लामा तथा युवराज चौलागाईलाई जिताउने जिम्मेवारी काँधमा आएकाले त्यसका लागि आफु क्रियासिल भएर लाग्ने वताए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ ( कुशल) उमेदवारहरु पूर्णवहादुर तामाङ (कान्छारा) तारानारायण श्रेष्ठ र युवराज चौलागाई समेतले आ आफ्ना धारणा राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...