प्रतिनिधि सभा सदस्यका लागी रामेछापमा २२ जनाको उम्मेदवारी

Written by meropradesh creator

२४ आश्विन २०७९, सोमबार

रामेछाप –मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागी रामेछाप बाट २२ जनाले उम्मेरदवारी दिएका छन् । आइतबार भएको मनोनयनमा ५ जना स्वतन्त्र उम्मेर १७ राजनितिक दल सहित ५ जनाको स्वतन्त्र उम्मेदवारी परेको रामेछापका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेरदवारी दिनेमा नेपाली कांग्रेसबाट पुर्ण बहादुर तामाङ (कान्छाराम) ,नेपाल कम्युनिस्ट पार्टी एमालेबाट कैलाश ढुङ्गेल,नेपाली कांग्रेस विपिबाट केदार बिक्रम खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट जितेन कुमार श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) को तर्फबाट देवशंखर पौडेलको उम्मेदवारी परेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट लाल बहादुर घिसिङ ,नागरिक उन्मुक्ति पार्टीको तर्फबाट धरम बहादुर तामाङ ,नेपाली जनता दलबाट बाबु राम तामाङ , मंगोल नेसनल अर्गनाइजेसनबाट भक्त बहादुर थापा मगरले उम्मेदवारी दिएका छन् ।

त्यसैगरि नेपाल कम्युनिस्ट पार्टी ( माक्र्सवादी ,लेनिनवादी) बाट मोहन कार्की ,नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबाट रमेश महते,राष्ट्रिय समाजवादी पार्टी नेपालबाट रुद्र बहादुर पुलामी मगर त्यस्तै जनसमाजवादी पार्टी नेपालबाट बिष्णु प्रसाद काफ्लेले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा श्रेष्ठ ,संघिय लोकतान्त्रिक राष्ट्रिय मंचबाट साङ्गे शेर्पा , नेपलिष्ट पिपल्स पार्टीबाट सुवास घिसिङ र नेपाल मजदुर किसान पार्टीबाट हरिकृष्ण श्रेष्ठको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय मन्थलीले जानकारी दिएको छ ।

यसैगरि ५ जनाको स्वतन्त्र तर्फबाट उम्मेदवारी परेको छ । स्वतन्त्रबाट उम्मेदवारी दिनेहरुमा चन्द्रबहादुर राउत , आङ्छोङ्बा शेर्पा,कृष्णबहादुर भुजेल,बिक्रम राना र रामकुमार लामाको उम्मेदवारी परेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...