एमालेको उम्मेदवारले मनोनयन दर्ता गराए कांग्रेसको ४ बजे पछी हुदैं

Written by meropradesh creator

२३ आश्विन २०७९, आईतवार

रामेछाप । नेकपा एमाले रामेछापका उम्मेदवारहरुले तामझामका साथ मुख्य निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराई सकेका छन् । नेपाली कांग्रेसले भने दिउसो ४ बजे पछी मनोनयन दर्ता गर्ने तयारी भएको नेपाली कांग्रेसका जिल्ला सचिब दिपक खड्काले जानकारी दिए ।

आइतबार मध्यान्ह् सदरमुकाम मन्थलीमा रहेको मुख्य निर्वाचन कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यका लागि कैलाश प्रसाद ढुङ्गेल, प्रदेशसभा सदस्य “क” मा शान्ति प्रसाद पौडेल र प्रदेश “ ख” मा मिलनकुमार घिसिङले मनोनयन दर्ता गराई सकेका छन् । एमालेका केन्द्रीय सदस्य समेत रहेका ढुङगेल बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री र एमाले रामेछापको जिल्ला ईन्चार्ज हुन । पौडेल बागमती प्रदेशको पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत हुन । घिसिङ एमाले रामेछापको जिल्ला कमिटी सदस्य हुन ।

रामेछापमा गठबन्धबाट नेपाली कांग्रेस जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराउँदै छन् । तामाङ यसअघिको प्रतिनिधिसभा सदस्यमा उठेर तत्कालिन गठबन्धनका उम्मेदवार श्याम कुमार श्रेष्ठसँग पराजित भएका थिए । तर सोहि दल संग यस पटक कांग्रेसको गठबन्धन रहेको छ ।

प्रदेशसभा सदस्य “क” मा नेकपा माओवादी केन्द्रबाट पूर्व संविधानसभा सदस्य हालका रामेछाप पार्टी सचिव तारानारायण श्रेष्ठ र प्रदेश “ख” मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य युवराज चौलगाईले मनोनयन दर्ता गराउँदै छन् । गठबन्धनका उम्मेदवारले अपरान्ह् ४ बजे मनोनयन दर्ता गर्ने तयारी गरेको छ । गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने दुई प्रदेशसभा सदस्य र एक प्रतिनिधि सभा सदस्यमा छुट्टै मनोनयन दर्ता गराउने तयारी गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...