रामेछापमा तामाङ्ग र ढुङगेलको प्रतिनिधि सभामा प्रतिस्पर्धा हुने

Written by meropradesh creator

२२ आश्विन २०७९, शनिबार

रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेरदवार पुर्ण बहादुर तामाङ (कान्छाराम) र नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धनका तर्फ बाट कैलाश ढुङगेलको प्रतिस्पर्धा हुने भएको छ । एक मात्र निर्वाचन क्षेत्र भएको रामेछापमा मुख्य ठुला दलहरु बाट दुई नेता बिच प्रतिस्पर्धा हुने भएको हो ।

नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी, नेकपा समाज वादी लगाएत दलले गठबन्धन गरेर निर्वाचनमा जाने भएको छ भने नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातान्त्रिक (राप्रपा), र जनता समाजवादी पार्टी (जसपा) बिच गठबन्धन गरेर निर्वाचनमा जाने भएको हो ।

कांग्रेस नेतृत्वको गठबन्धन बाट उम्मेदवार बनेका पुर्णबहादुर तामाङ (कान्छाराम) २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार बनेका थिए । उनले २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको सयुक्त गठबन्धनबाट उम्मेदवार बनेका श्याम कुमार श्रेष्ठ कुशल संग सानो मतले हार ब्यहोर्न परेको थियो ।

२०७४ सालको निर्वाचनमा सयुक्त गठबन्धनका उम्मेदवार श्रेष्ठले ४२ हजार १ सय १७ मत प्राप्त गरी बिजय भएका थिए भने नेपाली कांग्रेस बाट उम्मेरदवार बनेका पुर्णबहादुर तामाङ (कान्छाराम)ले ३५ हजार ७ सय ७१ मत प्राप्त गरेका थिए । अहिले नेकपा माओवादी केन्द्र संग गठबन्धन हुदा नेपाली कांग्रेसका जिल्ला सभापती समेत रहेका तामाङले निर्वाचन आफु अनुकुल हुने अनुमान गरेको कांग्रेस नेता कार्यकर्ताको भनाई छ ।

त्यसै गरी नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धनबाट उम्मेरद्वार बनेका ढुङगेल २०७४ सालको प्रदेश सभा ख को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेरद्वार जितबहादुर मगरलाई भारी मतान्तरले पराजित गरेका थिए । कांग्रेस उम्मेदवार मगरले १४ हजार ७ सय २९ मत प्राप्त गर्दा उनले २६ हजार ९ सय ३५ मत प्राप्त गरेका थिए । त्यसकारण मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा तामाङ्ग र ढुङगेलको कडा प्रतिस्पर्धा हुने राजनितिक दलका नेता तथा कार्यकर्ताको आकलन रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...