मन्थली नगरपालिकामा भद्रगोल– कानुन बिपरित कर्मचारी बढुवा

Written by meropradesh creator

९ आश्विन २०७९, आईतवार

रामेछाप । पछिल्लो समय मन्थली नगरपालिकामा भद्रगोल बढ्दै गएको छ । नवनिर्वाचित जनप्रतिनिधिले प्रदेश मुख्य मन्त्रीको कार्यालयवाट दिएको निर्देशन लत्याउँदै कानुन बिपरित छैटौं तहमा कार्यरत कर्मचारीलाई सातौं तहमा स्तर बृद्धि (बढुवा) गराएका छन् ।


मन्थली नगरपालिकाको योजना शाखामा कार्यरत अधिकृत उज्वल पोखरेललाई छैटौं तहवाट सातौं तहमा स्तर बृद्धि गराएका हुन् । नवनिर्वाचित जनप्रतिनिधिले गत जेठ महिनामा बसेको ५९ औं नगर कार्यपालिकाको बैठकले अधिकृत पोखरेललाई बढुवा गर्ने निर्णय गरेको   हो । तीन वर्षअघि अधिकृत पोखरेल प्रदेश नं २ को सिरहा जिल्लाको सुखीपुर नगरपालिकाबाट कामकाज गर्ने गरी सरुवा भई मन्थली नगरपालिकामा हाजिर भएका हुन् ।

संघीय लोकसेवा आयोग वा प्रदेश लोकसेवा आयोगवाट उत्तिर्ण भई स्थानिय तहमा कार्यरत छैटौं तहका कर्मचारीको अन्तर प्रदेश सरुवा भएता पनि उनीहरुको स्तर बृद्धि जुन ठाउँमा दरवन्दी हो सोही ठाउँवाट मात्रै हुने र कामकाजमा खटिएका कर्मचारीको हकमा भने स्तर बृद्धि गर्न नमिल्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गरेको पत्राचारको वेवास्था गर्दै मन्थली नगरपालिकाले पोखरेलको स्तर बृद्धि गरेको हो ।

मन्थली नगरपालिकामा हाजिर भएदेखी नै अधिकृत पोखरेलले नेकपा एमालेका नेता आनन्द पोखरेल र अन्य नेताहरुलाई भेटि आफ्नो बढुवा गराउन बेलाबेलामा टेलिफोन गर्न लगाएर प्रमुख प्रशासकिय अधिृकत लिलाराज पौडेल र प्रमुख लव श्रेष्ठलाई दबाब दिदै आएको पालिकामा कार्यरत एक कर्मचारीले जानकारी दिए ।

उनले भने– प्रशासकिय अधिकृत पौडेलले पनि नेताहरुको दबाब थेग्न नसकेपछि उनले नवनिर्वाचित जनप्रतिनिधिको पहिलो कार्यपालिकाको बैठकमा पोखरेलाई बढुवा गराउन प्रस्ताव लिएर गएका थिए । प्रशासकिय अधिकृतले लगेको प्रस्तावमा कार्यपालिकाले गम्भिर रुपमा छलफल नै नगरि बढुवा गराउने निर्णय गरेको ती कर्मचारीले बताए ।

मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलसँगको मिलेमतो र भनसुनको आधारमा पालिकामा अधिकृत स्तरका दजर्नौ स्थायी कर्मचारी हुँदाहुँदै अधिकृत पोखरेललाई आर्थिक चलखेल गर्न मिल्ने गरि महिला तथा बालबालिका शाखा, राजश्व शाखा र योजना शाखा गरि तीनवटा शाखाको कामको जिम्मेवारी प्रदान गरिएको छ ।

अधिकृत पोखरलको बढुवाको बिषयमा मन्थली नगरपालिकाका प्रशासन प्रमुख गोबिन्द कटेल सँग जानकारी माग्दा उनले यो बिषयमा सूचना अधिकृत र प्रमुख प्रशासकिय अधिकृतसँग सूचना माग्नु भन्दै सूचना दिन मानेन् । यता सुचना अधिकारी हेमन्त बुढाथोकीसँग सम्र्पक गर्दा उनले प्रदेश सरकारले कानुन निमार्ण गरेकाले सोही कानुनमा टेकेर अधिकृत पोखरेलले निवेदन दिएकाले नगर कार्यपालिकाको बैठकले बढुवा गरेको जानकारी दिए ।

उनले भने– नगर कार्यपालिकाले अध्ययन गर्ने समय नै भएन । नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकमा नै निर्णय हुन पुग्यो । अधिकृत पोखरेलले छैटौं तहवाट सातौं तहमा स्तर बृद्धि गरि पाउँ भनी दिएको निवेदन उपर हामीले प्रदेश लोकसेवा आयोग र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोधनी गरेका थियौं । दुवै कार्यालयवाट कामकाज गर्न सरुवा भएका कर्मचारीको हकमा स्तर बृद्धि (बढुवा) गर्न नमिल्ने भनी पत्र प्राप्त भएकाले उनलाई बढुवा दिने वा नमिल्ने बिषयमा बिचाराधिन रहेको सूचना अधिकृत बुढाथोकीले बताए ।


कामकाजमा खटिएका कर्मचारीको स्तर बृद्धि गर्न नमिल्ने भन्दै मन्थली नगरपालिकामा प्रदेश लोकसेवा आयोग र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट परिपत्र प्राप्त भए पनि उक्त पत्रको बेवास्ता गर्दै मन्थली नगरपालिका लेखा शाखाले अधिकृत पोखरेललाई कानुन विपरित केही महिनादेखी स्तर बृद्धि (बढुवा) गरे अनुसार सातौं तहको तलब भत्ता भुक्तानी गर्दै आएको छ ।

कानुन बिपरित कर्मचारीलाई बढुवा गरेको बिषयमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ सँग सम्र्पक गर्दा उनले अधिकृत पोखरेलले प्रदेश कानुन अनुसार आफ्नो बढुवा भएको भन्दै पालिकामा निवेदन दिएकाले सोही निवेदनको आधारमा कार्यपालिकाको पहिलो बैठकले स्तर बृद्धि (बढुवा) गरेको जानकारी दिए ।

उनले भने– अन्तर प्रदेश सरुवा भएका अधिकृतलाई लोकसेवा आयोग र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले स्तर बृद्धि गर्न नमिल्ने भन्दै पठाएको पत्र प्राप्त भएको छ । त्यस पत्रको आधारमा स्तर बृद्धि गरेका अधिकृत पोखरेलको बिषयमा पुर्नविचार गर्ने तयारीमा लागेका    छौं ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...