असोज १० गते देखी दोश्रो रामेछाप कप खुल्ला फुटवल प्रतियोगिता मन्थलीमा हुदै

Written by meropradesh creator

८ आश्विन २०७९, शनिबार

रामेछाप । दिपशिखा व्याईज युनाईटेड क्लबको आयोजनामा विजया दशमी तथा दिपावलीको अवसर पारेर दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटवल प्रतियोगिता शुरु हुने भएको छ । शनिबार क्लबले पत्रकार सम्मेलन गरी जिल्लाको सर्वाधिक पुरस्कार राशिको दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटवल असोज १० गते देखी १५ गते सम्म हुने र प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

दिपशिखा व्याईज युनाईटेड क्लब द्वारा आयोजना हुने उक्त प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख ३ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । प्रतियोगितामा द्धितिय हुने टिमलाई २ लाख २ हजार, तृतिय हुने टिमलाई १ लाख १ हजार सान्त्वना स्थानमा रहनेलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यस बाहेक उत्कष्ठ खेलाडि लगाएतलाई बेग्लै पुरस्कारको व्यवस्था क्लवले गरेको छ ।

क्लबको आफ्नै फुटबल मैदान करमबोटमा आयोजना हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना र बाह्य जिल्ला सहित १५ टिमको सहभागिता रहने क्लबका अध्यक्ष आशिष कार्कीले जनाएका छन् ।

नक आउट आधारमा संचालन हुने प्रतियोगितामा अधिकांश टिमले बाह्य जिल्ला र विदेशी खेलाडि समेत समावेश गराएका छन् । प्रतियोगिताको लागि टाइसिट निर्माण लगाएतका सम्पूर्ण तयारी पुरा भएको क्लबले शनिबार मन्थलीमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतियोगिता संचालनका लागि २७ लाख ५६ हजार खर्च लाग्ने अनुमान आयोजक क्लबले गरेको छ । त्यसका लागि अधिकांश रकम जुटिसकेको क्लवले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...