जर्बजस्ती करणी अभियोगमा कठायत जेल चलान

Written by meropradesh creator

२२ भाद्र २०७९, बुधबार

रामेछाप । आफ्नै भतिजि बुहारीलाई जर्वजस्ती करणी उद्योग गरेको अभियोगमा रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं मन्थलीका व्यवसायी पबन कठायत जेल चलान भएका छन् ।

जिल्ला अदालत रामेछापमा मंगलवार भएको इजलाशले कठायतलाई जर्बजस्ती करणी उद्योगमा पुर्पपक्षको लागि जेल चलान गर्ने निर्णय गरेको हो । कठायतले आफ्नै भतिजी बुहारी बिनु यादबलाई मन्थली नगरपालिका–१ भैश्वेश्वरमा रहेको घरमा बुहारी याबद एक्लै बसिरहेको मौका छोपी जर्बजस्ती करणी गर्न खोजेका थिए ।

उक्त घटनाको बिषयमा कान्छा ससुरा बिरुद्ध बुहारी बिनुुले जिल्ला प्रहरी कार्यालय रामेछापमा साउन महिनामा किटानी जाहेरी दर्ता गरेकी थिइन । सोही जाहेरीका आधारमा प्रहरीले भदौ १ गते कठायतलाई मन्थलीवाट पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले स्थगलत मुचुल्का सहित तयार पारेको राय सरकारी कार्यालयमा बुझाएको थियो ।

सोही रायका आधारमा जिल्ला सरकारी वकील कार्यालयले अभियोग पत्र तयार गरी जिल्ला अदालत रामेछापमा पेश गरेको अभियोग–पत्र उपर जिल्ला अदालत रामेछापका न्यायाधिश इन्दिरा शर्माको इजलासले आरोपित कठायतलाई पुर्पक्षको लागि जेल चलान गर्ने निर्णय गरेको  हो । कठायतलाई मंलगलार साँझ नै कारागार कार्यालय रामेछाप पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

जाहेरी दिने पिडीत बिनु आदवको तर्फवाट जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता बिना खड्का र वकील योगेन्द्र प्रसाद ढुुंगेलले बहस गरेका थिए । त्यस्तै आरोपित कठायतको तर्फवाट अधिवक्ता झम्क कडेल, सौजन्य प्रसाद सत्याल र यादव प्रसाद दाहालले बहस गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...