काँग्रेसले गर्यो प्रत्यक्ष तर्फ पाँच र समानुपातिकमा ९ जनाकाे नाम सिफारिस

Written by meropradesh creator

१९ भाद्र २०७९, आईतवार

रामेछाप । प्रतिनिधिसभा एक र प्रदेश सभा २ वटा निर्वाचन क्षेत्र रहेको रामेछापमा आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनको लागि नेपाली काँग्रेस रामेछापले प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

नेपाली काँग्रेसको शनिवार पार्टी सभापति पूर्णबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले पार्टी सभापति सहित पाँच जनाको नाम प्रतिनिधिसभा सदस्यमा र ९ जनाको नाम समानुपातिक तर्फ जिल्लावाट सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव दीपक खड्काले जानकारी दिए ।

उनका अनुसार काँग्रेसले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ पार्टी सभापति पूर्णवहादुर तामाङ (कान्छाराम), पूर्व पार्टी सभापति रामचन्द्र खडका, कुमार श्रेष्ठ, एकराज बस्नेत र नारायण बहादुर बोगटीको नाम जिल्लावाट सिफारिस गरी केन्द्रमा पठाएको छ ।

त्यसैगरी संघको निर्वाचन अन्तर्गत समानुपातिक तर्फ पूर्व संविधानसभा सदस्य आङटावा शेर्पा, ग्याल्जे लामा (शेर्पा), पुर्व महाधिवेशन प्रतिनिधिहरु मुक्त बहादुर महते, डा.सुमन कर्माचार्य र विद्यासागर योञ्जन रहेका छन् । त्यसैगरी समानुपातिक तर्फ नै सुरेन्द्र कुमार घिसिङ, हिमाल दास श्रेष्ठ, मञ्जु पुर्वे र शुसिला मिश्र रहेका छन् ।

यसैगरी दुईवटा प्रदेश सभा रहेको रामेछापमा नेपाली काँग्रेसवाट ६४ जनाको नाम प्रदेश सभा सदस्यको लागि पार्टीले सिफारिस गरेको छ । प्रदेश सभाको लागि पार्टीवाट धेरै नेताहरुले आकाक्षा राखेपछि पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत नाम सिफारिस गर्न सकेन । जसका कारण पार्टी कार्यालयमा उम्मेदवारले पेश गरेजति सबैको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...