नबजागरणले दिन थाल्यो बचतकर्तालाई घर–घरमै रसिद

Written by meropradesh creator

१४ भाद्र २०७९, मंगलवार

रामेछाप । जिल्लामा असल सहकारी संस्थाको रुपमा छबी बनाएको नबजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत संकलनमा जाँदा बचत कर्तालाई घर–घरमै दैनिक रसिद दिन शुरु गरेको छ ।

उक्त संस्थाले शेयर सस्यहरुलाई सेवामा सहजताको लागि दैनिक बजारमा बचत संकलन गर्न जाँदा सदस्यले राखेको पैसाको जानकारी लिन सहज होस् भन्ने उद्देश्यले संस्थाका कर्मचारीहरुले ट्यावलेट मार्फत रसिद प्रदान गर्न थालेका हुन् । यसरी जिल्लामा पहिलो पटक ट्याबलेट मार्फत बचतकर्तालाई घर–घरमै रसिद दिन शुरु गर्ने पहिलो संस्था भएको नबजागरण बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रमेश उदासले जानकारी दिए ।

उनले भने– हामीले नयाँ प्रविधि भित्राएर ट्यावलेट मार्फत बचतकर्ता सदस्यलाई बचत गरेको रकमको ठाउँको ठाउँ रसिद दिन थालेका हौं । यसअघि बचत कर्ताको पासबुक मात्र हुँदा रकम जम्मा गरे गरिन भन्ने दुविधा सदस्यमा हुने गरेको थियो । अहिले संस्थाका कर्मचारीले बचत लिन जाँदा सदस्यलाई रसिद दिन थालेपछि उनीहरुलाई ढुक्क हुने गरेको छ ।


संस्थामा हालसम्म ७ हजार ९ सय ८५ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाको कुल शेयर पूँजी ४ करोड ५७ लाख २ हजार २ सय रहेको  छ । त्यस्तै जगेडा कोष ५ करोड ५८ लाख २४ हजार ३ सय ८४ रुपैयाँ रहेको । संस्थाको कुल बचत निक्षेप ४० करोड ७३ लाख २८ हजार ३ सय १३ रुपैयाँ रहेको छ भने कूल संस्थागत पूँजी ५ करोड ६५ लाख ८९ हजार ९० रुपैयाँ रहेको छ । हालसम्म नबजारगण बचत संस्थाको कुल सम्पति ५७ करोड ४५ लाख ४५ हजार ७६ रुपैयाँ रहेको सो संस्थाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...