प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट केसीको दावी

Written by meropradesh creator

१३ भाद्र २०७९, सोमबार

रामेछाप । मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता अर्जुन केसीले आफ्नो दावी रहेको बताएका छन् । कांग्रेस नेता केसीले रामेछापको दुई क्षेत्र प्रदेश सभा (क) र (ख)मध्य एक क्षेत्रबाट आफु चुनाब लड्ने तयारीको साथ पार्टी भित्र आफ्नो दावी रहेको बताएका छन् । स्कुले जिवन देखी निरन्तर राजनितिमा रहेका कांग्रेस नेता केसीले पार्टी भित्र आकांक्षा आफ्नो स्वभावीक रहने भन्दै रामेछापको दुई क्षेत्र प्रदेश सभा (क) र (ख)मध्य एक क्षेत्रमा पार्टीले आफुलाई उमेरदवारी बनाउने कुरामा आफु बिश्वस्त रहेको बताए ।

कक्षा ९ मा पढ्दा देखी नेपाल विद्यार्थी संघको सदस्यता लिएर आफु निरन्तर राजनितिमा रहेकोले आफुलाई यस पटन जिम्मेवारी दिने कुरामा आफु विश्वस्त रहेको बताए ।

विक्रम संवत २०१८ साल श्रावण १५ गते साविक भिरपानी गाविस हाल खाँडादेवी गाउँपालिका–३, भीरपानीमा जन्मिएका केसी अध्ययनका लागि सिन्धुलीको प्रगतिशील मावि रातामाटामा कक्षा ९ मा पढ्दै गर्दा पहिलो पटक नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए ।

नेता केसीले उच्च शिक्षा हासिलका लागि शंकरदेव क्याम्पसमा आइकममा भर्ना भए । अध्यनको क्रममा पदीय जिम्मेवारीमा नरहेपनि नेविसंघको हरेक गतिविधिमा आफु सक्रिय रूपमा सहभागी भएर प्रजातन्त्र र बहुदलीय व्यवस्थाको वकालत गरिरहेको बताए । क्याम्पस पढ्दा २०३६ सालको आन्दोलनमा आफु धेरै पटक पक्राउ पर्ने परेको केसीले बताए ।

स्नातक तह अध्ययन गर्न मिन भवन क्याम्पस पुगेका उनी राजनीतिले तानेर पुन: स्नातकोत्तरका लागि शंकरदेव क्यामपसमा नै फर्किए । तथापी उनले पदीय जिम्मेवारीमा भन्दापनि बाहिरबाट सहयोग गरिरहे । धेरैजसो पर्दा पछाडीबाट सहयोग गरिरहेका केसीलाई राजनीतिमा सक्रिय रहन दाजु कृष्ण कुमार केसीको पनि उत्तिकै भूमिका रहेको बताउँछन् ।

त्यस बेला केसीका दाजु शिक्षकको तर्फबाट शिक्षक संघको महासचिव थिए जसको प्रत्यक्ष अप्रत्क्ष प्रभाव उनमा पनि नपर्ने कुरै भएन । सायद त्यसैले होला गाउँमा जाँदा पनि उनी र पून्य बहादुर खत्रीसँगै पञ्चायती व्यवस्थाको बिरोध गर्दै बहुदलीय व्यवस्थाको वकालत गरिरहन्थे ।
२०४२ सालको सत्याग्रहमा केसी प्रहरी हिरासतमा परे । २०४६ सालको जनआन्दोलनमा उनी जेल परे । तथापी कसी एक हप्तामा छुटे ।

त्यस पछी केसी २०५९ सालमा नेपाली कांग्रेस रामेछापको क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति भए । ११औँ अधिवेशनमा जिल्ला कार्यसमित सदस्य निर्वाचित भएर कोषाध्यक्षको जिम्मेवारीमा रहेर काम गरे । १२औँ अधिवेशनमा जिल्ला सभापतिको प्रतिस्पर्धा गरे तर दोस्रो भए । त्यसबेला उनी महासमिति सदस्य भएर पार्टीको जिम्मेवारीमा रहे । १३औँ अधिवेशनमा पनि तीन जनाले जिल्ला सभापतिमा उम्मेद्वारी दिएका थिए । तीनजनामा उनी पहिलो भए तर दोस्रो चरण उनी सभापति हुन सकेनन् । महासमिति सदस्य रहेर पार्टीको संगठनमा अनवरत रूपमा खटिरहे । १४औँ महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिको रूपमा सबैभन्दा धेरै मत ल्याएर विजयी भए ।

व्यक्तिगत भन्दा पनि सामुहिकतामा विश्वास राख्ने केसी सामान्य जनजीवनमा रमाउने प्रकृतिका सरल स्वभावका रूपमा कार्यकर्ताले चिन्दछन् । अहिलेसम्म जनप्रतिनिधिको रूपमा कुनै जिम्मेवारीमा नबसेका केसी प्रदेशको मात्रै नभइ संघको टिकटको पनि स्वत दाबेदार भएको बताए तर बढीमात्रामा आफु प्रदेशको तयारीमा लागेको बताउछन् । सबै कार्यकर्तासँग समान ब्यवहार गर्दै आएका केसी हालसम्म कुनै पदमा लोभिएको देखिदैनन् । केसीले पछिल्लो समय पार्टीले टिकट दिए गठबन्धन भए पनि नभए पनि निर्वाचनमा जाने र जनमतको कदर गर्ने बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...