प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट केसीको दावी

Written by meropradesh creator

१३ भाद्र २०७९, सोमबार

रामेछाप । मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता अर्जुन केसीले आफ्नो दावी रहेको बताएका छन् । कांग्रेस नेता केसीले रामेछापको दुई क्षेत्र प्रदेश सभा (क) र (ख)मध्य एक क्षेत्रबाट आफु चुनाब लड्ने तयारीको साथ पार्टी भित्र आफ्नो दावी रहेको बताएका छन् । स्कुले जिवन देखी निरन्तर राजनितिमा रहेका कांग्रेस नेता केसीले पार्टी भित्र आकांक्षा आफ्नो स्वभावीक रहने भन्दै रामेछापको दुई क्षेत्र प्रदेश सभा (क) र (ख)मध्य एक क्षेत्रमा पार्टीले आफुलाई उमेरदवारी बनाउने कुरामा आफु बिश्वस्त रहेको बताए ।

कक्षा ९ मा पढ्दा देखी नेपाल विद्यार्थी संघको सदस्यता लिएर आफु निरन्तर राजनितिमा रहेकोले आफुलाई यस पटन जिम्मेवारी दिने कुरामा आफु विश्वस्त रहेको बताए ।

विक्रम संवत २०१८ साल श्रावण १५ गते साविक भिरपानी गाविस हाल खाँडादेवी गाउँपालिका–३, भीरपानीमा जन्मिएका केसी अध्ययनका लागि सिन्धुलीको प्रगतिशील मावि रातामाटामा कक्षा ९ मा पढ्दै गर्दा पहिलो पटक नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए ।

नेता केसीले उच्च शिक्षा हासिलका लागि शंकरदेव क्याम्पसमा आइकममा भर्ना भए । अध्यनको क्रममा पदीय जिम्मेवारीमा नरहेपनि नेविसंघको हरेक गतिविधिमा आफु सक्रिय रूपमा सहभागी भएर प्रजातन्त्र र बहुदलीय व्यवस्थाको वकालत गरिरहेको बताए । क्याम्पस पढ्दा २०३६ सालको आन्दोलनमा आफु धेरै पटक पक्राउ पर्ने परेको केसीले बताए ।

स्नातक तह अध्ययन गर्न मिन भवन क्याम्पस पुगेका उनी राजनीतिले तानेर पुन: स्नातकोत्तरका लागि शंकरदेव क्यामपसमा नै फर्किए । तथापी उनले पदीय जिम्मेवारीमा भन्दापनि बाहिरबाट सहयोग गरिरहे । धेरैजसो पर्दा पछाडीबाट सहयोग गरिरहेका केसीलाई राजनीतिमा सक्रिय रहन दाजु कृष्ण कुमार केसीको पनि उत्तिकै भूमिका रहेको बताउँछन् ।

त्यस बेला केसीका दाजु शिक्षकको तर्फबाट शिक्षक संघको महासचिव थिए जसको प्रत्यक्ष अप्रत्क्ष प्रभाव उनमा पनि नपर्ने कुरै भएन । सायद त्यसैले होला गाउँमा जाँदा पनि उनी र पून्य बहादुर खत्रीसँगै पञ्चायती व्यवस्थाको बिरोध गर्दै बहुदलीय व्यवस्थाको वकालत गरिरहन्थे ।
२०४२ सालको सत्याग्रहमा केसी प्रहरी हिरासतमा परे । २०४६ सालको जनआन्दोलनमा उनी जेल परे । तथापी कसी एक हप्तामा छुटे ।

त्यस पछी केसी २०५९ सालमा नेपाली कांग्रेस रामेछापको क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति भए । ११औँ अधिवेशनमा जिल्ला कार्यसमित सदस्य निर्वाचित भएर कोषाध्यक्षको जिम्मेवारीमा रहेर काम गरे । १२औँ अधिवेशनमा जिल्ला सभापतिको प्रतिस्पर्धा गरे तर दोस्रो भए । त्यसबेला उनी महासमिति सदस्य भएर पार्टीको जिम्मेवारीमा रहे । १३औँ अधिवेशनमा पनि तीन जनाले जिल्ला सभापतिमा उम्मेद्वारी दिएका थिए । तीनजनामा उनी पहिलो भए तर दोस्रो चरण उनी सभापति हुन सकेनन् । महासमिति सदस्य रहेर पार्टीको संगठनमा अनवरत रूपमा खटिरहे । १४औँ महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिको रूपमा सबैभन्दा धेरै मत ल्याएर विजयी भए ।

व्यक्तिगत भन्दा पनि सामुहिकतामा विश्वास राख्ने केसी सामान्य जनजीवनमा रमाउने प्रकृतिका सरल स्वभावका रूपमा कार्यकर्ताले चिन्दछन् । अहिलेसम्म जनप्रतिनिधिको रूपमा कुनै जिम्मेवारीमा नबसेका केसी प्रदेशको मात्रै नभइ संघको टिकटको पनि स्वत दाबेदार भएको बताए तर बढीमात्रामा आफु प्रदेशको तयारीमा लागेको बताउछन् । सबै कार्यकर्तासँग समान ब्यवहार गर्दै आएका केसी हालसम्म कुनै पदमा लोभिएको देखिदैनन् । केसीले पछिल्लो समय पार्टीले टिकट दिए गठबन्धन भए पनि नभए पनि निर्वाचनमा जाने र जनमतको कदर गर्ने बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...