घरमै भत्ता पाएपछि गुन्सीका जेष्ठ नागरिक दङ्ग

Written by meropradesh creator

१२ भाद्र २०७९, आईतवार

रामेछाप । सडक र यातायातको पहुँच नहुँदा पैदल हिडेर बैंकसम्म पुग्न नसक्ने सुनापति गाउँपालिका–१ गुन्सीका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर दिएपछि जेष्ठ नागरिक खुशीले दङ्ग भएका छन् ।

ग्रामिण भेगमा कच्ची सडकले छोएता पनि ती रुटमा नियमित यातायातका साधनहरु संञ्चालन हुन नसक्दा बैकंसम्म पैदल हिडेर पुग्न नसक्ने जेष्ठ नागरिकहरुलाई सुविधा पुगोस् भन्ने उद्धेश्यले सामाजिक सुरक्षा भत्ता बोकेर कर्मचारी सहित वडा अध्यक्ष ध्रुव चौलागाई घरघरमा पुगेर भत्ता रकम वितरण गरेसँगै जेष्ठ नागरिकहरु खुशिले गद्गद् भएका हुन् ।

शारिरिक अस्वस्थता भएका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र दलितलाई उनीहरुले पाउने सामाजिक सुरक्षा भत्ता घरघरमै लगेर बितरण गरिएको हो । शारिरिक रुपमा अस्वस्थ भएका जेष्ठ नागरिकहरुलाई सजहता प्रदान गर्न वडा कार्यालयले सुनापति गाउँपालिकामा रहेको सिटिजन बैंकसँग समन्वयमा उक्त रकम घरघरमै पुर्याइएको हो ।

स्थानिय तहको निर्वाचनको समयमा नागरिकहरुको घरघरमा मत माग्न जाँदा आफुले निर्वाचन जिते जेष्ठ नागरिकहरुलाई घरघरमै सामाजिक सुरक्षा भत्ता ल्याईदिने बचन दिएकाले आफु निर्वाचित भएसँगै जेष्ठ नागरिकहरुसँग गरेको वाचा पुरा गर्न भत्ता रकम घरघरमै पुर्याएको सुनापति गाउँपालिका–१ गुन्सीका वडा अध्यक्ष ध्रुव चौलागाईले जानकारी दिए ।

उनले भने– जेष्ठ नागरिकहरु पैदल हिडेर बैंकसम्म जानसक्ने अवस्थामा हुनुहुन्न । भत्ता रकम लिनकै लागि कतिपय डोकोमा बोकिएर जानुपर्ने वाध्यता थियो । बैंकसम्म पुग्न घण्टौं पैदल हिड्नुपर्ने समस्या एकातिर छ अर्कोतिर बैंक पुग्दा पनि पैसा झिक्न घण्टौं लाइनमा बस्नुपर्ने वाध्यता रहेको छ । जसले यी दुवै समस्या हल गर्न आफुले बैंकसँग सहकार्य गरेर पैसा लिएर घरघरमै पुगेर रकम वितरण गरेका हौं ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...