पालिका बिरुद्ध पुनरावेदनमा उजुरी

Written by meropradesh creator

४ पुष २०७७, शनिबार

रामेछाप । जिल्लाकै चर्चित र पुरानो बजारको रुपमा चिनिएको दोरम्वा वजार भत्काउने गाँउपालिकाको निर्णय बिरुद्ध दोरम्वा वजारबासीले पुनरावेदन अदालतमा जाहेरी गरेका छन् ।
स्थानियहरुको उजुरीको आधारमा पुनारेवदन अदालतले स्थानिय दोरम्वा गाउँपालिकाको नाममा कारण देखाउँ आदेश दिदै तत्काल उक्त वस्ती नभत्काउन पत्राचार गरेको छ । पुनरावेदन अदालतको लिखित पत्र पालिकाले पाएपछि अहिले भत्काउने भनिएको वस्तीमा स्थानियहरु बसोवास गरिरहेका छन् ।
दोरम्वा वजारको शुरुवात वि.सं. २००७ सालमा धुलिखेलवाट आएर धुलिखेल साहुको रुपमा परिचित लक्ष्मी नाथ श्रेष्ठद्धारा कपडा पसल संचालन गरेका थिए । वि.सं. २०१३ सालमा तत्कालिन सरकारद्धारा दोरम्वा प्रहरी चौंकी स्थापना र २०१९ सालमा विद्यालय स्थापना भएको थियो । त्यसैगरी क्रमश ईलाका वन कार्यालय, ईलाका हुलाक, स्वास्थ्य कार्यालय लगायत सरकारी कार्यालयहरु उक्त स्थापना रहेका छन ।
सरकारी कार्यालयहरु धमाधम स्थापना भएसँगै वजार विस्तार गर्नु पर्ने महसुस गरि तत्कालिन प्रधानपञ्प आले लामाद्धारा स्थानीय वासिन्दाहरुलाई उक्त वजार क्षेत्रमा भएको कार्यालय र कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई समेत दृष्टिगत गरि पसल होटल संचालन गर्न निस्सा प्रमाण सहित जग्गा दिएपछि हस्तवहादुर लामा, लालवहादुर मोक्तान लगायतले घर वनाई होटल पसल संचालन गरेको थिए ।
तत्कालिन दोरम्वा गाउँका प्रधानपञ्चहरु क्रमश हरिवहादुर मोक्तान, लालवहादुर मोक्तान, डिकवहादुर योन्जनहरुले समेत पुनःनिस्सा प्रमाण सहित दिलाई वजार विस्तार गरेको साथै २०३२ सालमा वजार क्षेत्रको सर्वे नापीसमेतभई कित्ता काँट समेत भएको थियो । २०४६ सालमा वहुदलिय प्रजातान्त्रिक व्यवस्थाको पुनस्थापना पश्चात तत्कालिन गाविस अध्यक्षहरु क्रमशः डिकवहादुर तामाङ र शंकरलाल लामाद्धारा वजारको थप विस्तार गर्न स्थानियहरुलाई गाविसको तर्फवाट निस्सा प्रमाण सहित वसोवास गर्न र व्यापार गर्ने अनुमति दिएको थियो ।
दोरम्वामा २०५१ साल पश्चात तत्कालिन माओवादीद्धारा जनयूद्धको थलानी भए पश्चात जनयुद्धका सहिद परिवार लगायत अन्य सर्वसाधारणलाई उक्त वजार आइ व्यापार व्यवसाय गर्न भने वमोजिम नै शहिद परिवार लगायत अन्य सर्वसधारण समेत वसोवास गरि हाल करिब ७० घर परिवारले अस्थायी स्थायी घर वनाई व्यापार व्यवसाय गरिरहेको छन् ।
यसरी कतिपयको करिब ४ पुस्ता व्यतित भइसकेको, जनताको तर्फवाट करौडौ लगानी भइसकेको र कतिपय व्यक्तिहरुको वजार क्षेत्रमा रहेको घर टहरा वाहेक अन्यत्र घरवाँसको विकल्प समेत नभएको अवस्थामा गाँउ कार्यपालिकाद्धारा निर्णय गरि ३५ दिन भित्र घर टहरा भत्काउन सूचना जारि भए पश्चात वजारवासी सवै चिन्तित भएका हुन् ।

संघीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन व्यवस्था अन्तरगत जनताको मतद्धारा निर्वाचित जनताको आँगनको सरकारको रुपमा रहेको स्थानीय सरकारले प्रभावित सरोकारवालाहरुसँग छलफल समेत गरेन । स्थानिय सरकारले हुकुमीपाराले ३५ दिन भित्र कुटुरो कुम्लो वोकेर भाग नत्र हामीले भगाउन नपरोस भन्ने मनसायको धम्कीपूर्ण हुकुमी शैलि पालिकाले देखाएको स्थानीय कुल वहादुर मोक्तानले बताए ।
दोरम्वाको सान, मान र गहनाको रुपमा रहेको वजार क्षेत्रलाई भत्काई तहस नहस र भताभुङ्ग पारि सुनसान शश्मानघाटमा परिणत गर्ने सोच किन र कसरी आयो ? कतै यसमा दोरम्वालाई पछाडी धकेल्ने कुन्ठित मनासय लुकेको त छैन ? भन्ने आशांका उव्जिएको स्थानिय मिनवहादुर मोक्तानले जानकारी दिए ।
दोरम्वा बजारमा भएका पुराना संरचनाहरु भत्काएर नयाँ संरचनाहरु निमार्ण गर्ने गरि पालिकाले निर्णय गरेको हो । पालिकाले सबै वस्ती नै ध्वस्त पार्ने, बसोवास गर्न नदिने भन्ने निर्णय भने नगरेको दोरम्वा गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङ्गले जानकारी दिइन । उनले भनिन्– अस्वभाविक रुपमा बसेको वस्तीलाई थप व्यवस्थित बनाउने र आन्तरिक र बाह्य पर्यटकहरुलाई के कसरी भित्रयाउन सकिन्छ भनेर पालिकाले थप गृहकार्य अघि सारेर काम गरिरहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...