मालपोत कार्यालयबाट सेबाग्राहीको नगद सहितको झोला गाएब

Written by meropradesh creator

३ पुष २०७७, शुक्रबार

रामेछाप–३ पुस ।
रामेछाप । मालपोत कार्यालय रामेछापमा सेवा लिन गएका सेवाग्राहीको बिहिबार नगद सहितको झोला गाएब भएको छ ।
मालपोत कार्यालयमा सेवा लिन गएका लिखु तामाकोशी गाउँपालिका वडा नं–२ सैपु (शिरेषे) का अन्दाजी ८० वर्षिय इन्द्रसिंह सुनुवारको नगद २२ हजार सहित महत्वपूर्ण कागजात सहितको झोला कार्यालय परिषरभित्रै बाटै गाएब भएको हो । सुनुवार जग्गा सम्विन्ध काम लिई आफ्नी बुहारी र लेखापढी व्यवसायी समेत लिएर मालपोत कार्यालय पुगेका थिए ।
लेखापढी व्यवसायीको सहयोगमा बुहारीले कार्यालयमा कामको घान हालिन् । बयोबृद्ध सुनुवार कार्यालयको पेटीमा साथमा भएको कालो झोला सँगै लिएर बसे । बसेकै ठाउँमा एकछिनमा सुनुवारले झोला खोले र केही रकम लेखापढी व्यवसायीलाई दिए । बाँकी रकम झोलामा नै राखे । कार्यालय परिसरमा वरपर सेवा लिन गएका अन्य सेवाग्राहीहरु पनि थिए । कार्यालय भित्र गएकी बुहारीले काम सकेर बाहिर निस्किइन ।
ससुरालाई काम सकियो घर जाउँ वुहारीले भनिन् । सुनुवार एक हातले भित्तो समाउँदै उठ्दै झोला भएतिर हात पुर्याए । तर नगद सहितको झोला नाटकीय शैलिमा हराइसकेको थियो । साथमा रहेको झोला एकछिनमा हराएपछि सुनुवार अचम्मितमा परे । नत छेउछाउका अन्य व्यक्तिले पो झोला लगेछन् की भन्ने उनमा परो । झोला हराएपछि उनले कार्यालय वरपर झोला खोजे । तर हराएको झोला फेला पार्न सकेनन् ।
एकैछिनमा मालपोत कार्यालयमा हल्ला फैलियो । सेवाग्राहीको कार्यालय परिषरबाटै नगद सहितको झोला हरायो । तत्कालै कार्यालय परिषरमा राखिएको सिसि क्यामेराको सहयोगमा झोला खोज्ने अभियान चलाउन अन्य सेवाग्राहीले सल्लाह दिए । तर अफसोच कार्यालयको सिसि क्यामेरा बन्द गरिएको भेटियो । सरकारी कार्यालयमा सिसि क्यामेरा बन्द गरेर काम गर्ने थलो मालपोत कार्यालय बनेको तथ्य झोला हराएपछि पत्ता लागेको हो ।
नगद सहित महत्वपूर्ण कागजात झोलामा नै भएकाले सेवाग्राही सुनुवारले झोला खोजिदिन आग्रह गरेका छन् । झोलामा भएको महत्पूर्ण कागजात दिए मलाई पुग्छ इन्द्रसिंह सुनुवारले बताए । उनले भने– २२ हजार पैसा थियो । त्यो पैसा मलाई पर्दैन । बरु झोला लानेलाई थप २ हजार नगद पनि दिन्छु । मेरो झोलामा भएको कागजात मात्रै मलाई दिए हुन्थ्यो ।
यता मालपोत कार्यालयमा जडान गरिएको सिसि क्यामेरामा झोला हराएको समयको फुटेज फेला नपरेको कार्यालयले जनाएको छ । कार्यालय परिसरवाट सेवाग्राहीको नगद सहितको झोला हराएको बिषयमा मालपोत कार्यालय रामेछापका प्रमुख कृष्णप्रसाद पराजुलीसँग सम्र्पक गर्दा उनले भने– मैले झोला खोज्ने धेरै प्रयत्न गरे । फेला पार्न सकिएको छैन् । कार्यालयले अनौपचारिक रुपमा झोला खोज्न पहल गर्ने जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...