नगरको समुन्नतिका लागि मेरा कदमहरु अगाडी ः नगरप्रमुख न्यौपाने

Written by meropradesh creator

१० जेष्ठ २०७९, मंगलवार

रामेछाप । रामेछाप नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख न्यौपानेले नगरपालिकाको समुन्नतिका लागि आफ्नो कदम अगाडी बढ्ने बताएका छन् । सोमबार नवनिर्वाचित नगरप्रमुख न्यौपानेले शुसासन र पारदर्शिता कायम गर्दै नगरको समुन्नतिका लागि आफ्नो कदम अगाडी बढ्ने बताएका छन् । आफु १४ बर्षको उमेर देखि लोकतन्त्र र समाज परिवर्तनका लागि लडेको बताउदै कुनै पनी अवस्थामा नगरवासीको अहितमाकाम नगर्ने बताएका छन् ।

न्यौपानेले आफु जनताको सेवक भएको भन्दै अब ५ वर्ष सबै भन्दा माथी जनतालाई राखेर काम गर्ने समेत बताएका छन् । नगरपालीकाले आयोजना गरेको औपचारिक कार्यक्रमका विच न्यौपाने र थापालाई निवर्तमान नगरप्रमुख नरबहादुर थापामगर र नगर उपप्रमुख सृजना खड्काले नवनिर्वाचित नगरप्रमुख न्यौपाने र कार्कीलाई ५ वर्षको विचमा भएका कार्य प्रगतिका दस्तावेज सहित कानुन अनुसार आफुहरुले गर्दे आएको सबै जिम्मेवारी हस्तान्तरण गरेका थिए । नवनिर्वाचित प्रमुख र उप प्रमुखलाई प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले कार्यालयमा स्वागत गरेका थिए ।

कार्यभार सम्हाल्दै नगर प्रमुख न्यौपानेले जिल्ला अस्पताल रामेछापमा हाल रहेको अस्थाई विशेषज्ञ सेवालाई १२ महिना संचालन गर्ने र नगर भित्र रहेका सबै गर्भवति र सुत्केरी आमाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नै दुई निर्णयमा हस्ताक्षर पनि गरे । कार्यभार सम्हाल्दै नवनिर्वाचित नगरप्रमुख न्यौपानेले राजनितिक दलहरुका साथिहरु समेत संगको सहयोग र समन्वयमा आफुले काम गर्नै भन्दै उनले नगरको संबृद्धि र बिकाशका लागि आफुले दिलो ज्यान दिएर लाग्ने पनि बताए ।

उनले अघिल्लो सरकारको कार्यकालमा पनि धेरै राम्रो काम भएकोमा निर्वर्तमान प्रमुख र उनको टीमलाई धन्यबाद पनि दिए । तसर्थ ती खालका कामलाई निरन्तरता दिदै आफु अघि बढ्ने र बाँकि कामको हकमा योजना बनाएर काम गर्नै पनि सो अबसरमा जानकारी गराए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...