मन्थलीमा दर्ता बिनाको बेकरी उद्योग छ्याप्छ्याप्ती

Written by meropradesh creator

१० जेष्ठ २०७९, मंगलवार

रामेछाप । अनुगमन गर्ने जिम्मा पाएको सरकारी निकायको फितलो अनुगमनका कारण सदरमुकाम मन्थलीमा इजाजत नलिई बेकरी उद्योग संचालन गर्ने व्यवसायी बढेका छन् ।

नागरिकको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने बेकरी उद्योगको अनुमगन गर्ने जिम्मा पाएका जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय समेत चुपचाप रहेका छन् । जसको फाइदा उठाउँदै बेकरी उद्योगका संचालकहरुले मनलाग्दी किसिमले उत्पादन गरेको वस्तु वजारमा विक्रीवितरण गर्दै आएका छन् ।

बेकरी उद्योग संचालन गर्ने व्यवसायीले घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गरेर खाद्य तथा गुण नियन्त्रण विभागवाट उत्पादन गरेको वस्तु उपभोग गर्न योग्य छ वा छैन त्यसको लागि उत्पादित वस्तु परिक्षण गर्नुपर्ने हुन्छ । व्यवसायीले उत्पादित वस्तु सहित निवेदन दिनुपर्ने र उक्त वस्तु खान योग्य भएमा मात्रै खाद्य तथा गुण नियन्त्रण विभागले अनुज्ञा पत्र दिएपछि मात्रै उत्पादित वस्तु वजारमा विक्री वितरणको लागि लैजानु पर्ने कानुनी प्रावधान रहेको छ ।

जिल्लामा संचालन भएका आधा दर्जन बेकरी उद्योगले अहिलेसम्म खाद्य तथा गुण नियन्त्रण विभागवाट अनुज्ञा पत्र नै नलिई उद्योग संचालन गर्दै आएका छन् । सदरमुकाम मन्थलीमा अहिले खुश्वु बेकरी उद्योग, पौडेल बेकरी उद्योग, गौरीशंकर बेकरी उद्योग, गिरीष बेकरी उद्योग र सुनापति बेकरी उद्योग गरी आधा दर्जन बेकरी उद्योगहरु संचालनमा रहेका छन् ।

संचालित बेकरी उद्योग मध्ये सुनापति बेकरी उद्योग वाहेक अन्य कुनै पनि बेकरी उद्योगले खाद्य तथा गुण नियन्त्रण विभागवाट अनुज्ञा पत्र लिएका छैनन् । अनुज्ञा पत्र नलिएका बेकरी उद्योगले उत्पादन गरेको वस्तु उपभोक्ताले उपभो गर्न नमिल्ने भएकाले यस्ता व्यवसायीलाई तत्काल कानुनी कारवाही गर्नुपर्ने उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

उनले भने– प्रत्यक्ष नागरिकको स्वास्थ्यमा सरोकार राख्ने बेकरी उद्योगले उपभोग गर्न मिल्ने वा नमिल्ने, उत्पादन भएको मिति र उपभोग गर्न मिति समेत नराखी वजारमा विक्री वितरण गरेको भेटिएको छ । उपभोग गर्न नमिल्ने अखाद्य वस्तु वजारमा विक्रीवितरण गर्दा समेत अनुगमन गर्ने निकायको आँखा नपुग्नु दुःखद भएको अध्यक्ष शर्माले बताए ।

व्यवसायीले घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गरेको भएता पनि उत्पादित सामानहरु खान योग्य छन् वा छैनन् भन्ने कुराको अनुगमन खाद्य तथा गुण नियन्त्रण विभागको भएको भन्दै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुबोद कुमार शाह आफ्नो जिम्मेवारीवाट पन्छिए । उनले भने– हाम्रो काम उद्योग दर्ता गर्ने मात्रै हो । अनुगमनको काम आफ्नो कार्यालयको भएता पनि यसमा वढी जिम्मेवारी लिने निकाय भनेको खाद्य गुण नियन्त्रण विभाग नै भएको उनले बताए ।

यता जिल्लामा नियम विपरित संचालन भएका बेकरी उद्योगले अनिवार्य रुपमा खाद्य तथा गुण नियन्त्रण विभागमा दर्ता हुनुपर्ने, विभागवाट अनुज्ञा पत्र लिनुपर्ने हुन्छ । विभागवाट अनुज्ञा पत्र नलिएका सबै बेकरी उद्योगको तत्काल अनुगमन गरी ती उद्योग संचालकलाई कानुनी कारवाहीको दायरामा ल्याउने खाद्य प्रविधि तथा गसण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रमोदचन्द्र पौडेलले जानकारी दिए ।

उनले भने– रामेछापका अधिकासं बेकरी उद्योगको अनुगमन गर्छौ, कानुन बिपरीत काम गर्ने अधिकार कुनै पनि व्यवसायीलाई नभएकाले कानुनको दायरामा ल्याउने र कानुनी दायरामा आउन नमान्ने व्यवसायीको हकमा ती व्यवसायीको उद्योग तत्काल बन्द गर्नेसम्मको काम कार्यालयले गर्ने पनि प्रमुख पौडेलले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...