ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सल्लाह सुझाब अपरिहार्य–नगर प्रमुख श्रेष्ठ

Written by meropradesh creator

८ जेष्ठ २०७९, आईतवार

रामेछाप । मन्थली नगरपालिकाका नव निर्बाचित नगर प्रमुख लब श्रेष्ठले मन्थली नगर सञ्चालनका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सल्लाह र सुझाब अपरिहार्य रहेको बताएका छन् ।

शनिबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीले आयोजना गरेको मन्थली नगरपालिकाका नव निर्बाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमका अबसरमा श्रेष्ठले सो कुरा बताएका हुन ।

नगरप्रमुख श्रेष्ठले आफु सँधै सेवा केन्द्रको सल्लाह र सुझावको अपेक्षा गर्ने भन्दै काम गर्ने शिलसिलामा आउने बिभिन्न किसिमका झमेला र चुनौतिको सामना गन राजयोग सेवा केन्द्रमा आएर योग र ध्यान गरेपछि सहज हुने अनुभव आफूले यस अघिनै लिइसकेको बताए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी प्रमुख सञ्चालिका ब्रह्माकुमारी बिष्णु दिदीको अध्यक्षता एबं नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा शसस्त्र प्रहरी वलका प्रहरी नायव उपरीक्षक केशबराज प्याकुरेल, मन्थली माविका प्रअ टंक प्रसाद दाहाल, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ब्रह्माकुमार डा. भरतकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले आ आफ्नो मन्तब्य राख्दै नव नर्बाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई बधाई एबं शुभकामना ब्यक्त गर्दैै समृद्ध नगरका लागि नव निर्बाचित नगर प्रमुख र वडा अध्यक्षहरुले दलीय राजनीतिबाट माथि उठेर काम गर्नु पर्ने कुुरालाई जोड दिनुभयो दिए ।

सोही अवसरमा वडाअध्यक्षहरुको तर्फबाट मन्थली नगरपालिका वडा नं –७ का अध्यक्ष भुवनहरी प्रसाईले ब्रह्माकुमारी राजयोग केन्द्रले समाजमा सकारात्मक रुपान्तरणनको लागि पुर्याएको सेवाको चर्चा गर्दै सेवा केन्द्रप्रति आभार प्रकट गरे ।

सो अबसरमा नव निर्बाचित नगर प्रमुख श्रेष्ठ, वडा नं –१ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरी), वडा नं –३ का वडा अध्यक्ष कृष्णगोपाल थापा, वडा नं –५ का अध्यक्ष रबिन कार्र्की, वडा नं ७ का अध्यक्ष भुवनहरी प्रसाई, वडा नं –८ का अध्यक्ष गोपाल श्रेष्ठ, वडा नं –९ का अध्यक्ष गोकर्णराज आरण, वडा नं. १ का सदस्यहरु रामकुमार माझी र चन्द्र माझी लगाएतलाई सेवा केन्द्रकी प्रमुख संञ्चालिका ब्रह्माकुमारी बिष्णु दिदीले बधाई एबं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै इश्वरीय सौगात समेत प्रदान गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...