रामेछापको कुन स्थानिय तहमा क–कसको छ अग्रता

Written by meropradesh creator

२ जेष्ठ २०७९, सोमबार

रामेछाप । जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटै स्थानिय तहमा मतगणना जारी रहेको छ । केही स्थानमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् भने केही स्थानमा नेकपा माओवादी केन्द्र र केहीमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

अहिलेसम्मको मत गणनाको परिणाम अनुसार रामेछाप नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेपाली काँग्रेसवाट प्रमुख पदमा उम्मेदवार वनेका लवश्री न्यौपानेले २८७४ मत र उपप्रमुखमा वाला कुमारी कार्कीले २९२८ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेकपा एमालेका उम्मेदवारले पक्षाइरहेका छन् । एमालेका उम्मेदवार रोशन पाख्रिनले २८१४ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा उम्मेदवार सिता केसीले २८८९ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी मन्थली नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार वनेका लव श्रेष्ठले अग्रता लिएका छन् श्रेष्ठले ३५७४ मत प्राप्त गरेका छन भने उपप्रमुखमा एमालेकै ईश्वरी वस्नेतले ३२१४ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेपाली काँग्रेसका उम्मेदवारले पक्षाइरहेका छन् । काँग्रेसका उम्मेदवार विनोद कार्कीले २९६० मत प्राप्त गरेका छन् भने उपप्रमुख पदमा यशोदा श्रेष्ठले ३०१५ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसलले अग्रता लिएको छ । नेपाली काँग्रेसका उम्मेदवार जितवहादुर कटुवालले १२०९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा सावित्री सुनुवारले १२१४ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेकपा एमालेका उम्मेदवारहरुले पक्षाइरहेका छन् । एमालेका उम्मेदवार शेरवहादुर सुनुवारले ११५६ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा गंगा कार्कीले १०५६ मत प्राप्त गरेकी छिन् ।

यसैगरी गोकुलगंगा गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसको तर्फवाट पालिकाको अध्यक्ष पदमा उम्मेदवार वनेका काजीवहादुर खड्का (दिनेश)ले ३९१८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार खडगवहादुर सुनुवारले पक्षाइरहेका छन् सुनुवारले ३५९७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा एमालेकी राधिका श्रेष्ठले ३४९९ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेकी उम्मेदवार उषादेवी कार्कीले ३३४६ मत प्राप्त गरेकी छिन् ।

यस्तै लिखु तामाकोशी गाउँपालिकामा नेकपा एमालले अग्रता लिएको छ । एमालेका उम्मेदवार कमलप्रसाद कडेरीयाले १५१७ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा एमालेकै दिपा पाख्रिनले १५६६ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेपाली काँग्रेसका उम्मेदवारहरुले पक्षाइरहेका छन् । काँग्रेसका उम्मेदवार केशब महतले १४८९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा सरस्वती गुरुङले १२३७ मत प्राप्त गरेकी छिन् ।

यसैगरी दोरम्वा शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । नेकपा माओवादी तर्फवाट उम्मेदवार वनेका मयन कुमार मोक्तानले १९६० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसको तर्फवाट उपप्रमुखमा उम्मेदवार वनेकी खमला थापामगरले १८७२ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेकपा एमालेका उम्मेदवारहरुले पक्षाइरहेका छन् । एमालेवाट उम्मेदवार वनेका टंकप्रसाद चौलागाईले १९२९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा एमालेकी मुना कँडेललले १८४४ मत प्राप्त गरेकी छिन् ।

यस्तै सुनापती गाउँपालिकामा पनि नेकपा माओवादीका उम्मेदवार ठुलोकान्छा तामाङले अग्रता लिएका छन् । उनले २८७३ मत प्राप्त गरेका छन् भने माओवादीकै उपप्रमुखमा गिता बिष्टले २८९४ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेपाली काँग्रेसका उम्मेदवारहरुले पक्षाइरहेका   छन् । काँग्रेसका कमान खड्काले २४३७ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा काँग्रेसकै शान्ति मोक्तानले २६२१ मत प्राप्त गरेकी छिन् । अहिले पनि मतगणना जारी रहेको छ ।

जिल्लाको ८ वटा स्थानिय तहमध्ये खाँडादेवी गाउँपालिकामा वैशाख ३० गते नेकपा माओवादी र काँग्रेसका कार्यकर्ताहरु विच विवाद भएपछि खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । उक्त मतदान आज भइरहेकाले मतदान पछि मतगणना हुने मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...