शिक्षा प्रणालीलाई एउटै पद्धतीबाट चलाउन सिफारिस

Written by meropradesh creator

२ पुष २०७७, बिहीबार

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले देशको समग्र शिक्षा प्रणालीलाई एउटै पद्धतीबाट चलाउन सिफारिस गरेको छ । विद्यालय र शिक्षामा भएको निजी लगानीलाई १० बर्ष भित्र सेवामुखि बनाउँदै गुठिमा रुपान्तरण गर्न आयोगले सुझाव दिएको छ । औपचारिक रुपमा सार्वजनिक नगरिए पनि श्रोत मार्फत् प्राप्त गरेको प्रतिवेदनमा उल्लेख १० बुँदे सिफासिरमा शिक्षाको सैद्धान्तिक दृष्टिकोण सहित कार्यान्वयनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारको भूमिका उल्लेख गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिलाई प्राज्ञिक वातावरण बनाउने र प्रधानाध्यापकलाई प्राज्ञिक परिणाम दिने नेतृत्वको रुपमा ब्यवस्था गर्न आयोगले सुझाएको छ । विद्यालय एवं उच्च शैक्षिक संस्थाहरुको समायोजन र नक्साङ्कनद्वारा सेवा प्रवाहको क्षेत्र निर्धारण गर्न आयोगको सिफारिस छ । विषय शिक्षकको अभाव हल गर्ने उपाय सहित शिक्षामा कार्यरत जनशक्तिको सेवा प्रवेशको न्यूनतम योग्यतामा वृद्धि गर्न पनि आयोगको सुझाव छ ।
उच्च शिक्षालाई मुलुकको समृद्धिको आधार मान्दै नेपाललाई उच्च शिक्षा अध्ययन केन्द्र बनाउन सकिने सुझाव पनि प्रतिवेदनमा उल्लेख छ । विश्वविद्यालयलाई स्वायत्तता दलीय राजनीतिबाट मुक्त पदाधिकारीको छनौट, उच्च शिक्षा तहको पूर्णताका लागि ६ महिना देखि १ बर्ष सम्मको राष्ट्रिय विकास सेवा सञ्चालन गर्न पनि आयोगको सुझाव छ । प्राविधिक शिक्षाको विकासका लागि प्राविधिक शिक्षा कोषको स्थापनाको पनि सिफारिस गरिएको छ । गुणस्तर, शिक्षा क्षेत्रको ब्यवस्थापकीय क्षमता अभिबृद्धिका लागि जवाफदेही नेतृत्वको पनि आयोगको सिफारिस छ । आयोगले आफ्नो प्रतिवेदनमा रुपान्तरणका लागि २४ बुँदे मार्गचित्र पनि प्रस्तुत गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

भवन रेक्ट्रोफिट सँगै मन्थली माविमा थपियो नौ वटा भवन 

भवन रेक्ट्रोफिट सँगै मन्थली माविमा थपियो नौ वटा भवन 

 रामेछाप १२ वैशाख । गुणस्तरीय र व्यवहारिक  शिक्षाको बृहत्तर विकासमा लागेको रामेछापको जिल्ला सदरमुकाम मन्थलीको मन्थली माविले बुधवार बाट भवन सँगै कक्षा कोठाको समस्याबाट मुक्ति पाएको छ । खानी निर्माण जेभीले विद्यालयका नौ वटा भवनका ७४ कक्षा कोठाको रेक्ट्रोफिट(प्रबलीकरण) ...

रामेछापमा मलामी बोकेको बोलेरो दुर्घटना १५ जना घाइते

रामेछापमा मलामी बोकेको बोलेरो दुर्घटना १५ जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना  भएको छ । बोलेरो दुर्घटना हुँदा १५ जना मलामी घाइते भएका छन् ।  मलामी बोकेको बा ६ च ९१६२ नम्बरको सिङ्गल क्यापको बोलेरो खाँडादेवी गाउँपालिका वडा नम्बर ४ त्रिवेणी बुधवार दिउँसो करिब ३ बजेको समयमा...

काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते

काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते

रामेछाप । काभ्रे जिल्लाको भुम्लुमा आज बिहान सुमो दुर्घटना  भएको छ । ना १ ज ६२९१ नम्बरको टाटा सुमो हुँदा १० जना घाइते भएका छन् । चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ जाँदै गरेको टाटा सुमो दुर्घटनामा ८ जना महिला र २ जना पुरुष घाइते भएका छन् । घाइतेको...