गोकुलगंगामा एमाले द्वारा माओवादीका वडाध्यक्षको उम्मेदवारमाथि आक्रमण ४ जना घाइते

Written by meropradesh creator

२९ बैशाख २०७९, बिहीबार

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालुमा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार यमबहादुर कार्की भूपालका माथि एमालेका कार्यकर्ता द्वारा सांघातिक आक्रमण भएको छ । आक्रमणबाट बडाध्यक्षका उम्मेदवार सहित तीन जना माओवादी कार्यकर्ता घाइते भएको भएको नेकपा माओवादी केन्द्रले रस्नालुले जनाएको छ ।

घाइते मध्य वडाध्यक्षका यमबहादुर कार्की भूपालको अवस्था गम्भीर रहेका बताइएको छ । उनको पालिका अस्पतामा उपचार हुन नसकेपछि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ । रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल सामान्य घाइते भएका छन् । गए राती १ बजे घर नजिकै छिमेकीको घरमा बसीरहेका कार्की सहितका माओवादी कार्यकर्तामाथि एमाले कार्यकर्ताहरुले आक्रमण गरेको माओवादीबाट उपाध्यक्षका उम्मेदवार विष्णु कार्कीले जानकारी दिए ।

निर्वाचन हार्ने निश्चित भएपछि हतोत्साहित भएर रवीन सुनुवार नेतृत्वमा आएका एमाले कार्यकर्ताले उम्मेदवार कार्की सहितका माओवादी कार्यकर्तामाथि आक्रमण गरेको माओवादीका गोकुलगंगा–उमाकुण्ड निर्वाचन परिचालन समितिका इञ्चार्ज सेवक कार्कीले बताए ।
घटनाको जानकारी पाए लगतै घटना स्थलमा प्रहरी पुगेपछि आक्रणकारी फरार भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नयव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । घाइते उम्मेदवार यमबहादुर कार्कीको टाउकोमा चोट लागेको र रगत जमेर अवस्था गम्भीर हुन सक्ने भएकाले उपचारको लागि काठमाडौं पठाइएको डिएसपी थिङले बताए ।

निर्वाचन मत परिणाम आफ्नो पक्षमा आउने नदेखेपछि एमालेका उम्मेदवारले माओवादी र कांग्रेस कार्यकर्तामाथि आक्रणमा उत्रिएको गाकुलगंगा गाउँपालिका कांग्रेसका सभापति मणीकुमार लामाको आरोप छ । एमाले कार्यकर्ताले बाटोमा राखेको ३ वडा मोरसाइकलमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । मौन अवधिमा राति हिडेका दुई पक्षका कार्यकर्ताबीच बाटोमा भेट हुँदा दुई पक्षबीच झगढा भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मौन अवधिमा समूह बनाएर राति हिड्नु निर्वाचन आचारसंहिता विपरीत कार्य भएको प्रहरीको भनाई छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...