जिरीमा एमालेको चुनावी प्रचार सामग्री सहित १९ जना शंकास्पद युवा पक्राउ

Written by meropradesh creator

२८ बैशाख २०७९, बुधबार

दोलखा । जिरी नगरपालिकामा शंकास्पद १९ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जिरीले गौरीशंकर गाउँपालिका घर भएका जंग बहादुर गुरुङ (जेवी) को नेतृत्वमा रहेका शंकास्पद युवाहरुलाई लिंकन बजार क्षेत्रबाट पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जिरीबाट खटिएका प्रहरी निरीक्षक बी.बी.को बस्नेतको टोली र सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । जेवी गौरीशंकर गाउँपालिका वडा नं. ६ का एमाले वडाअध्यक्ष उम्मेदवार भुवन गुरुङका भाइ हुन् ।
भ्यान, बोलेरो, स्कारपियो लगायतका ५ वटा सवारी साधनमा जिरी भित्रेका युवाहरु शंकास्पद लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आफूहरुले सोधखोज गर्दा उनीहरुले परिचय अस्पष्ट दिएको र अपशब्द प्रयोग गरेको स्थानीयले जनाएका छन् ।

युवाहरू पाँच वटा गाडीमा आएका थिए । तीन वटा गाडी र १९ जना युवा पक्राउ परेपनि पनि दुई वटामा केही व्यक्तिहरू फरार भएका छन् ।
उपस्थित स्थानीयको भिडमाथि एउटा बोलेरो कुदाउन खाजेपछि प्रहरीले फायरिङ गरेर नियन्त्रणमा लिएको थियो । प्रहरीले सात राउन्ड हवाई फायरिङ गरेको थियो ।

त्यसपछि आक्रोशित भिडले युवाहरुको तीन वटा गाडीमा तोडफोड गरेका छन् । स्थानीयले उनीहरुको गाडीमा तोडफोड गरेपछि केहीबेर तनावग्रस्त भएको थियो । उनीहरुले चढेको गाडीमा नेकपा एमालेको चुनावी प्रचार पर्चा समेत फेला परेको छ । उनीहरुमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दोलखा प्रवेशमा कडाइ गरेको पनि जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...