नीतिगत अनियमितता रोक्नको लागि पनि काँग्रेले जित्नै पर्छ’

Written by meropradesh creator

२१ बैशाख २०७९, बुधबार

रामेछाप । नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिका प्रमुखका उम्मेदवार जित बहादुर कटुवालले गाउँपालिकाको नीतिगत अनियमितता रोक्न नेपाली कांग्रेसले जित्नै पर्ने बताएका छन् । गाउँपालिकामा एमालेले कागजपत्र मिलाएर नितिगत भ्रष्टचार गरेको भन्दै त्यसलाई रोक्न नेपाली कांग्रेसले जित्नै पर्ने बताएका छन् ।

कांग्रेस उम्मेदवार कटुवालले देशमा संघीयता आएपछि सबै जनतालाई लागेको थियो समृद्ध गाउँ बन्छ भन्ने तर त्यसो हुन सकेन । समृद्ध गाउँ बनाउने सङ्कल्प सहित देशमा पहिलो पटक २०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकालमा उमाकुण्ड गाउँपालिकाका जनताले समृद्धिको यात्रा सुरु भएको देख्न नपाएको बताए । उनले भने बरु पाँच वर्षे कार्यकालमा जनताले नीतिगत अनियमितताको श्रृंखला मात्रै देख्न पाए । मैले यो माथी उल्लेख गरेका शब्दहरु सुन्दा चुनाव जितेका साथीहरुलाई र अघिल्लो निर्वाचनमा मत दिने मतदाताहरुलाई नमिठो लाग्न सक्छ । तर, यर्थाथ यहि हो कि विगतको पाँच वर्षमा विकासको बहानामा बढी अनियमितता मात्रै भयो कटुवालले भने ।

कटुवालले भने फेरि नीतिगत भ्रष्टचार भन्दै गर्दा खै प्रमाण भन्ने प्रश्न उठ्न सक्छ । प्रमाणको रुपमा नेपाल सरकारकै आधिकारिक संस्था महालेखापरीक्षकको कार्यालयको तीन वर्षको वार्षिक प्रतिवेदन हेरे पुग्छ । आर्थिक वर्ष २०७४÷०७५ मा तीन करोड ६३ लाख ६५ हजार , आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड ७९ लाख दश हजार र आर्थिक वर्ष २०७६÷०७७ मा ५ करोड २० लाख ४९ हजार बेरुजु आएको छ ।

बेरुजुको अर्थ हुन्छ ‘उपलब्ध स्रोत र साधनलाई नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यताका आधारमा प्रयोग गर्दै आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिताको माध्यमबाट आर्थिक प्रशासनमा सुशासन कायम गर्न लेखापरिक्षणको क्रममा देखिएको त्रुटि वा अनियमितता नै बेरुजु हो ।’

तीन वर्षको लेखापरीक्षणको हिसाब हेर्दा झण्डै साढे दश करोड भन्दा बढी रकमको अनियमितता भएको देखिन्छ । यो सबै कामको नेतृत्व गर्ने गाउँपालिकाको अध्यक्षा हुनुहुन्थ्यो नेकपा एमालेबाट निर्वाचित शेर बहादुर सुनुवार । अब फेरि उहाँकै नेतृत्वमा नेकपा एमालेबाट निर्वाचित पुरानै वडाध्यक्षहरु बैशाख ३० गते हुने निर्वाचनमा पनि उहाँ आफूसहित उम्मेद्वार हुनुहुन्छ । पाँच वर्षको कार्यकालमा नीतिगत रुपमा झण्डै साढे दश करोड रकम अनियमितता गर्नेलाई नै नेतृत्वमा ल्यायौँ भने गाउँपालिकाको अवस्था के होला ? यो प्रश्न सबै मतदाताले आफूलाई एक पटक सोध्न जरुरी छ कांग्रेस उम्मेदवार कटुवालले भने ।

त्यसकारण नीतिगत रुपमा करोडौ अनियमितता गर्नेलाई हैन यस पटक अनियमितताको विरुद्धमा बोल्ने काँग्रेस पार्टीबाट उम्मेद्वार रहेका हामी जस्ता युवाहरुले जित्नु आवश्यक छ । म र मेरो नेतृत्वमा भएको टिमले पालिकामा जित्यो भने उमाकुण्ड गाउँपालिकामा भएका स्रोत तथा साधनलाई नियमितता, मितव्ययिता र प्रभावकारिताका साथ आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिता बनाउँदै सुशासन कायम गर्ने प्राण गर्ने कटुवालले बताए । उनले भने गाउँपालिकामा म र मेरो नेतृत्वमा रहेको टिम निर्वाचित भएमा बेरुजु शून्य बनाउने कामबाटै आफ्नो कार्यकाल सुरु गर्ने आम मतदाताहरुमा प्रतिवद्धता जनाएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...