समृद्ध नगरकोलागी कांग्रेसको नेतृत्व आवश्यक ः न्यौपाने

Written by meropradesh creator

२१ बैशाख २०७९, बुधबार

रामेछाप । नेपाली कांग्रेस रामेछाप नगरपालिकाका नगरप्रमुखका उम्मेदवार तथा निबर्तमान सभापती लबश्री न्यौपानेले समृद्ध नगरपालिका निर्माणको लागी नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेकोले नागरिक कांग्रेसको पक्षमा रहेको बताएका छन् । घरदैलो कार्यक्रममा बोल्दै कांग्रेस उम्मेदवार न्यौपानेले समृद्ध वडा निर्माणको लागी नेपाली कांग्रेसलाई नागरिकले मतदान गर्ने बताए ।

लामो समय सम्म राजनीतिमा सक्रिय न्यौपानेले काँग्रेसको जिल्ला समितिलाई कुशुलतापूर्वक नेतृत्व मात्र नगरेर संगठन विस्तारमा समते उत्तिकै जोड दिएका थिए । कांग्रेस उम्मेदवार न्यौपानेले भने मैले रामेछापका हरेक नागरीकको दुख्खमा आँशु चुहाएको छु अनि खुसीमा सगैं रमाएको छु ।

सम्वृद्ध रामेछाप वनाउनका लागि नेपाली काँग्रेसले वडा नम्बर १ देखि ९ सम्म अन्य पार्टीको भन्दा भरोसायोग्य र केहि गरौं भन्ने सोचका धनि युवाहरुलाई वडा अध्यक्षको उम्मेदवार वनाएकोले पनि यो पटक विगतमा भन्दा धेरै मतान्तरमा रामेछापमा आफ्नो झण्डा गाड्नेमा नेताहरु आशावादी छन् । काँग्रेसले निर्वाचनको क्रममा अरुलाई गालि गर्ने भन्दा पनि आफ्नो कुरा लिएर अघी बढेको र आम मतदाताको अथाह साथ पाएको जनाएको छ ।

गरदैलो कार्यक्रममा नगरप्रमुख नर बहादुर थापामगरले भने रामेछाप नगरपालिका काँग्रेसको मुल हो , त्यसैले काँग्रेस भइ रहने बताए । मगरले भने हाम्रो नेतृत्वको नगरपालिकाले रामेछापमा धेरै महत्वपूर्ण विकास निर्माणका काम थालेका छौं, त्यसलाई पुरा गराउन र समृद्ध रामेछाप बनाउनका लागि नेतृत्व फेरी पनि काँग्रेसलेनै पाउनुपर्छ । रामेछाप नगरपालिका नेपाली काँग्रेसले जित्ने कुरामा कुनै सन्देह नभएकोले सबैले साथ दिनु पर्ने बताए ।

रामेछाप नगरपालिकामा ५ बर्ष नेतृत्व पाएको काँग्रेसले नगर क्षेत्रका रणनैतिक योजनाको खाका वनाएको छ । हामी संग के छ र के काम गर्दा नागरीकको सुविधामा सहयोग पुग्छ भन्ने कुरा हामीलाई राम्रो संग थाहा छ मगरले भने । त्यहि काम पुरा गर्नका लागि काँग्रेसलाई फेरी पनि जिम्मेवारी दिन मतदाताले उत्साहपूर्वक घरदैलो र पार्टीको कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।

विगतमा रामेछाप गरपालिकाले मेरुदण्ड सडक, भालुखोपमा पर्यटन पूर्वाधार, होमस्टे, नगरपालिका र वडा कार्यालय भवन, सुख्खा क्षेत्रमा टंकी वितरण, व्यवसायीक जुनार खेती प्रवद्र्धन, पशु नशल सुधार, सामाजिक सुरक्षा भत्तामा सहजीकरण, घर दैलोमानै पुगेर योजना संझौता, नदी नियन्त्रण , सिंचाई र खानेपानीका महत्वपूर्ण संरचनाको निर्माण गरेको छ । अव ति कार्यक्रमहरुलाई अझ विस्तारका लागि काँग्रेसकै नेतृत्व आवश्यक रहेको मगरले बताए ।

नौ वटा वडा रहेको रामेछापमा यो पटक नेपाली काँग्रेसले लोकप्रिय नेता लबश्री न्यौपानेलाई नगर प्रमुखको रुपमा उतारेको छ । न्यौपाने पञ्चायतकाल देखि जनताको घर दैलोमा परिचित नेता हुनुहुन्छ । उहाँ पञ्चायत शासकहरुको विरोधमा जनपक्षिय उम्मेदवार भई साविक रामेछाप गाविसमा निर्वाचित भएर नागरीकको सेवा गर्नुभएको थियो मगरले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...