सुशासन र समृद्धिको लागी मेरो उम्मेदवारी ः बोहोरा

Written by meropradesh creator

१९ बैशाख २०७९, सोमबार

रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार गणेश बहादुर बोहोराले वडामा सुशासन ल्याउन र समृद्ध वडा वनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । वडामा बिभिन्न खाले विकृती फैलिएको र वडामा बेरोजगार युवाहरुको संख्या बढ्दै गएकोले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

अभिभावकले सन्तानको भविष्यको लागी र युवाहरुले आफ्नो भविष्य सुरक्षित गर्नको लागी पनी आफुलाई मन्थली ११ का नागरीकले मतदान गरेर निर्वाचित गराउने बोहोराले बताएका छन् । मन्थली नगरपालिकामा पछिल्लो पुस्ताका युवाहरु कुलत तर्फ लाग्ने क्रम दिन दिनै बढ्दै गएकोले त्यसको रोकथाम र नियन्त्रणको लागी आफु बाहेक अरुले रोक्न नसक्ने वडा अध्यक्षका उम्मेदवार बोहोराले बताए ।

आफु शिक्षक पेशा बाट आएको कारण वडा भरिका युवा र वालबच्चाकोे भविष्यको चिन्ता र चासो अभिभाबक लाई जतिकै आफुलाई पनी हुने भएकोले वडामा सबै भन्दा पहिला सुशासन ल्याउन लागी पर्ने बताएका छन् । जब सम्म सुशासन हुदैन तब सम्म वडा मात्र नभएर घरमा पनी समृद्धि नआउने बताए । सुशासन लागु भए संगै विकासले आफै मुहार फेर्ने उनले भनाई छ ।

वडा अध्यक्षका उम्मेदवार बोहोराले भने ५ वर्ष अघिको बिकास र अहिलेको बिकास हेर्ने हो भने कुनै परिर्वतन भएको छैन् । जुन सडक ५ वर्ष अघि बनेका थिए त्यस पछी अन्य सडक खने पनी सवारी साधन चल्ने अवस्थामा छैन । ५ वषमा ५ करोड भन्दा वढी रकम वडा मार्फत खर्च भएको अवस्थामा वडामा कुनै परिवर्तन नआएकोले बिकास निर्माणको लागी पनी आफ्नो उम्मेदवारी आवश्यक रहेको बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...