गोकुलगंगामा खड्का र सुनुवार बिच प्रतिस्पर्धा

Written by meropradesh creator

१८ बैशाख २०७९, आईतवार

रामेछाप । गोकुलगगा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार काजि बहादुर खड्का (दिनेश) र नेकपा एमालेका उम्मेदवार खड्कबहादुर सुनुवार बिच प्रतिस्पर्धा भएको छ । कांग्रेस उम्मेदवार खड्का र एमाले उम्मेदवार सुनुवार दुबै जना आफुले निर्वाचन जित्ने दावी गरेका छन् ।

कांग्रेस उम्मेदवार खड्काले एमालेका उम्मेदवार सुनुवारले ५ बर्षको कार्यकालमा भ्रष्टचार र अनियमितता बाहेक अरु केहि नगरेको बताउदै आएका छन् । सुनुवारले अध्यक्ष भएर आफु र आफु निकट कार्यकर्ताको कुरा सुन्ने र संरक्षण गर्ने काम मात्र गरेको बताएका छन् । त्यस्तै गरी गाउँपालिकामा अनुदान बितरण गर्दा पनी कमिसन लिएर मात्र सुनुवारले अनुदान दिएको आरोप समेत लगाएका छन् ।

खड्काले आफू निर्वाचित भएपछि गोकुलगंगालाई समृद्ध बनाउने योजना अघि सारेको बताउदै गाउँपालिकाको विकास गर्न सबैको साथ र सहयोग लिएर अघि बढने बताएका छन् ।

उनले गाउँपालिकाको विकास र समृद्धिको लागि आफ्नो पार्टीलाई मत दिन पनि आग्रह गरेका छन् ।
त्यस्तै गरी नेकपा एमालेका उम्मेदवार सुनुवारले आफुले ५ बर्ष अध्यक्ष हुदा नागरिको पक्षमा काम गरेकोले आफ्नु जित पक्का भएको दावी गर्दै आएका छन् ।

५ वर्षको अवधीमा धेरै काम सुरु भएकोले सम्पन्न गर्न बाँकी रहेकोले यो पटक नागरिकले आफुलाई साथ दिने बताएका छन् । नेपाली कांग्रेसका उम्मेदवार संग आफ्नै कुनै पनी प्रतिस्पर्धा नभएको सुनुवारले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...