न्यौपाने ७० बुँदे प्रतिबद्धता पत्र सहित चुनावी मैदानमा

Written by meropradesh creator

१७ बैशाख २०७९, शनिबार

रामेछाप । नेपाली कांग्रेसकाबाट मयेरका उम्मेदवार बनेका लबश्री न्यौपाने ७० दुँदे प्रतिवद्धता पत्रसहित चुनावी मैदानमा उत्रियका छन् । न्यौपानेले निर्वाचित भए संगै नगरको समग्र विकासको लागि आफुले गर्ने ७० बुँदे प्रतिबद्धता पत्र सार्वजनीक गरेका छन् । नगरको दिर्घकालीन विकासका लागि खानेपानी, सडक ,गुणस्तरिय शिक्षा,स्वास्थ रोजगारी,कृषि तथा पर्यटनको विषयलाई मुख्य एजेण्डाको रुपमा न्यौपानेले आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

जिम्मावारीका रुपमा नेपाली काँग्रेस रामेछापका नि वर्तमान पार्टि सभापति ,महाधिबेसन प्रतिनिधी हुँदै नेपाल किसान संघका केन्द्रिय महासचिबको समेत जिम्मेवारी सकुशल समाली सकेका न्यौपानेले जिल्लामा साधगि नेताको रुपमा आफनो पहिचान बनाएका छन् । उनले आफनो कार्यकालमा सदरमुकाम मन्थलीमा करिब ३ करोडको लागतमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आफनै भबन समेत निर्माण गरिदिएका छन् । सादा जीवन उच्च विचार र नैतिकवान नेताको रुपमा परिचित नेता न्यौपानेले पटक पटक जेल जीवन समेत विताएका छन् ।

जयतु संस्कृतं आन्दोलनमा लागेवापत न्यौपानेका बुबा पंण्डित राम प्रसाद न्यौपानेलाई तत्कालीन राणा शासकले टाउकामा चारपाटा हानेर देश निकाला समेत गरिदिएका थिए । कठिन परिस्थीतिमा पनि परिबर्तन र प्रजातान्त्रीक आन्दोलनलाई आफनो प्राण बायु जस्तै बनाएर निरन्तर राजनितिक यात्रामा लाग्दै आएका न्यौपानेको योगदानलाई यस पटक नगरवासीले पनि मुयाँकन गर्नै बेला आएको जानकार हरुले बताएका छन् । न्यौपाने आफुले निर्वाचन जितेमा आगामी ५ बर्ष भित्र प्रत्यक नगरवासीका घर घरमा खानेपानीको धारा पु््रयाउने कुरालाई पनि उनले मुख्य एजेण्डा बनाएका छन् ।

उनले त्यसका लागि स्थानिय स्तरमा संभावित खानेपानीका मुहानको पहिचान गरि मुहान नभएका ठाउँहरुमा सुनकोशी तथा लिख्ु नदिको पानिलाई लिफटको माध्यमबाट घर घरमा पुर्याएर काकाकाुल नगरबासिहरुलाई स्वच्छ खानेपानीको समस्यालाई समाधान गर्नको लागि स्थानिय स्तरको अलाबा प्रदेश र संघिय सरकार संगको सम्बन्धलाई थप कसिलो बनाउँदै लंजाने र त्यसको दिर्घकालीन समस्या समाधान गर्न ब्यवस्था मिलाईने पनि उनले आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । शिक्षाको विकास विना अन्य कुनै पनि विकास दिर्घजीवी नहुने भएकोले शिक्षाको विकाशका लागि थप प्रकृया अघि बढाईने पनि उनले आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

त्यसका लागि उनले गुणस्तरिय र प्राविधिक शिक्षाको विकासलाई जोडदिदै बेरोजगारी समस्या समाधानको विषयलाई पनि उनले प्रतिबद्धता पत्रमा जोड दिएका छन् । त्यसका लागि बेरोजगार युवाहरुको छुट्टै तथ्याँक संकलन गरि उनिहरुको क्षमता विकास र विभिन्न सिपमुलक तालिम संचालन गरि कृषि उत्पादनलाई जोडदिने र तालीम प्राप्तहरुलाई नगरपालीका मार्फत सर्बसुलभ रुपमा क्रण दिने ब्यवस्थालाई पनि कार्यान्वयन गरिने छ ।

त्यस बाहेक उनले आफनो प्रतिबद्धता पत्रमा सबै वडाहरुलाई नगरमुकाम र सदरमुकाम जोड्ने बाटाहरुको स्तरोन्नोती गरि आबश्यक्ताका आधारमा बाह्रै महिना सहज रुपमा यातायातको साधन चल्न सक्ने ब्यवस्था मिलाईने कुरा पनि उल्लोख गरेका छन् । यसैगरि नगरपालीकाका सबै खाले गौरबका योजनाहरुलाईै निरन्तरता दिंदै,नगरपालीका भित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय क्षेत्रहरुलाइ पनि प्रमुखताका आधारमा संरक्षण गर्दे अगाडि बढिने निति अबलम्बन गरिने कुरालाई पनि न्यौपानेले आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
प्रतिबद्धता पत्र

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...