घरदैलो अभियान लिएर काँग्रेस गाउँ पस्यो

Written by meropradesh creator

१७ बैशाख २०७९, शनिबार

रामेछाप । यहीँ बैशाख ३० गते हुने स्थानिय तहको निवार्चनको लागि मतदातासँग मत माग्न नेपाली काँग्रेस मन्थली नगरपालिकाका उम्मेदवारहरुले शनिवारवाट घरदैलो कार्यक्रम शुरुवात गरेका छन् ।

नेपाली काँग्रेसले पहिलो दिन मन्थली नगरपालिका–१ को सातमारा भुजेलगाउँवाट घरदैलो अभियान शुरु गरेका हुन । उक्त अभियानमा मन्थली नगरपालिका काँग्रेसको तर्फवाट नगर प्रमुखका उम्मेदवार बिनोद कार्की, उप–प्रमुखको उम्मेदवार यशोदा श्रेष्ठ र वडा नं १ का वडा अध्यक्षका उम्मेदवार होमप्रसाद पौडेल (रामहरी) र अन्य वडा सदस्य उम्मेदवारहरु सहितको टोलीले नागरिकहरुको घरघरमा पुगेर नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

उम्मेदवारहरुले मतदातासँग जनतालाई परेको समस्याको समाधान गर्न नेपाली काँग्रेस प्रतिवद्ध भएको भन्दै नेपाली काँग्रेसका उम्मेदवारलाई मत दिएर निर्वाचित गराउन अनुरोध समेत गरेका थिए । घरदैलो कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुखका उम्मेदवार बिनोद कार्कीले नागरिकको माग सम्वोधन हुने गरी सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने र त्यसका लागि नागरिकले आफ्नो अमूल्य मत दिएर निर्वाचित गराउन आग्रह गरे ।

काँग्रेसले शुरु गरेको घरदैलो अभियान कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो । नेपाली काँग्रेसले गरेको घरदैलो अभियानले मन्थली–१ सातमारे भुजेलगाउँका नागरिकहरु उत्साहित भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...