कांग्रेसको आठ पालिकामा आठ हस्ती

Written by meropradesh creator

१२ बैशाख २०७९, सोमबार

रामेछाप । नेपाली कांग्रेस रामेछापले आठ पालिकामा आठ जना प्रमुख र आठ जना उपप्रमुखको उमेरद्वार छनोट गरेको छ । आइतबार साझं कांग्रेसले पालिका प्रमुख र उपप्रमुख छनोट गरेको हो । सत्ता साझेदार दल विच चुनावी तालमेल नभए संगै आइतबार बेलुका कांग्रेसले आठ स्थानिय तहको प्रमुख उपप्रमुख र ६४ वटा वडाको अध्यक्षहरु छनोट गरेको छ । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले जिल्ला सचिब बिनोद कार्की उमेरद्वार बनाएको छ भने उपप्रमुख पदमा यसोदा श्रेष्ठलाई उमेरद्वार बनाएको छ । कांग्रेसको दुइपटक क्षेत्रिय सभापती हुदै जिल्ला सचिब भएको कारण नागरिकको भावना र आवश्यक्ता बुझन सक्ने भन्दै मन्थली नगरपालिका १० चनखुका बिनोद कार्कीलाई छनोट गरेका हुन । कार्की यस अघि भएको २०७४ सालको स्थानिय निर्वचनमा पनी कांग्रेसको तर्फ बाट उमेरद्वारी दिएका थिए । तर कार्की सानो मतले तत्कालीन एमालेका उमेरद्वार रमेश बस्नेत संग हारेका थिए ।
रामेछाप नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले नि बर्तमान सभापती लबश्री न्यौंपानेलाई प्रमुख पदको उमेरद्वार बनाएको छ । भने उपप्रमुखमा सुशिला लामालाई उमेरद्वार बनाएको छ । नगरप्रमुखका उमेरद्वार न्यौपाने जिल्लाकै चर्चित नेता हुन । न्यौपानेले कांग्रेसको राजनीतीमा लागेर बिभिन्न पदमा बसेर काम गरिसकेको कांग्रेसले जनाएको छ । लामो समय सम्म पार्टीको राजनीती गरेपनी उनले लाभको पद भने लिएको छैन ।
खाँडादेवी गाउँपालिकाको प्रमुख पदमा पार्टीका उपसभापती नबराज थोकरलाई उमेरद्वार बनाएको छ । उपप्रमुखमा भने चण्डिका उप्रेतिलाई उमेरद्वार बनाएको छ । थोकर नेपाल तरुणदलको राजनीती गर्दै पार्टीको राजनितिमा उदाएका नेता हुन । तरुणदलको दुइपटक जिल्ला अध्यक्ष हुदै पार्टीको उपसभापती समेत भएका थोकरको राम्रो प्रभाब जनमासमा रहेको नेपाली कांग्रेसले जनाएको छ ।
लिखुतामाकोशी गाउँपालिकामा केशब महत लाई प्रमुख पदको उमेरद्वार वनाएको छ भने उपप्रमुखमा सरस्वती (गुरुङ्ग खड्का) लाई उमेरद्वार बनाएको छ । महत वडाको राजनिती गर्दै आएका ब्यतिm भएकाले उनको पालीकामा राम्रो पकट भएको पार्टीले जनाएको छ ।
गोकुलगंगा गाउँपालिकामा कांग्रेसले तरुणदल सभापती काजि बहादुर खड्का(दिनेश) लाई अध्यक्षको उमेरद्वार बनाएको छ । भने उषा बस्नेत कार्कीलाई उपप्रमुखको उमेरद्वार बनाएको छ । खड्का यस अघि गोकुलगंगा गाउँपालिकाको वडा नम्बर पाँच बाट उमेरद्वार बनेका थिए ।
नेपाली कांग्रेसले उमाकुण्ड गाउँपालिकामा तरुण नेता जितबहादुर कटुवाललाई प्रमुख पद र सावित्री सुनुवारलाई उपप्रमुख पदको उमेरद्वार बनाएको छ । तरुणदलको राजनिती बाट आएका कटुवाल समाजिक क्षेत्र बाट आएका नेता हुन ।
सुनापती गाउँपालिकामा नेपाली कांग्रेसले युवा नेता कमान खड्का (दिपेन्द्र)लाई प्रमुख पदको उमेरद्वार बनाएको छ उपप्रमुखको उमेरद्वार भने शान्त्ति मोत्तानलाई बनाएको छ । खड्का नेपाल बिद्यार्थी संघको राजनीती बाट उदाएका नेता हुन ।
त्यस्तै गरी दोरम्बा शैलुङ्ग गाउँपालिकाको प्रमुख पदमा मानबहादुर लामा र उपप्रमुखमा खमला थापामगरलाई उमेरद्वार बनाएको छ । लामा लामोसमय सम्म पार्टीको बिभिन्न पदमा बसेर काम गरेका ब्यक्ति हुन उनी २०७४ सालको स्थानिय निर्वाचनमा समेत प्रमुख पदमा नेपाली कांग्रेसको तर्फ बाट उमेरद्वारी दिएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...