प्रशासनले निकालेको सूचना नागरिकले गरे बेवास्था

Written by meropradesh creator

८ बैशाख २०७९, बिहीबार

रामेछाप । यहीँ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै दर्ता गराएर व्यक्तिले राखेको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय रामेछापले निकालेको सूचनालाई नागरिकले बेवास्था गरेका छन् ।

प्रशासन कार्यालयले एक महिना अघि नै एक सुचना प्रकाशन गर्दै निर्वाचनलाई भरपर्दो र विश्वसनिय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरणमा निर्वाचन गराउने उद्धेश्यले लाइसेन्स प्राप्त (दर्ता भएका) हातहतियार र अन्य दर्ता विनाका हतियारहरु चैत्र ११ गतेदेखी चैत्र २५ गतेभित्र नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन सूचना सार्वजनिक गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार रामेछाप जिल्लामा हालसम्म विभिन्न वित्तिय संस्थाहरुमा २४ वटा र व्यक्तिको नाममा रहेका १४ वटा गरी ३८ वटा हतियार दर्ता भएका छन् । सरकारी मापदण्ड अनुसार दर्ता गराएर लिएका धेरै वित्तिय संस्थाले हतियार नविकरण समेत गरेका छैनन् । नविकरण नगरेका ती हतियारहरु अहिले कहाँ छन्, भन्ने बिषयमा स्थानिय प्रशासन नै अनविज्ञ रहेको छ ।


प्रशासनले निकालेको सूचनाको समयावधि सकिएको छ । प्रशासनले गरेको निर्देशनलाई पालना नगरी हातहतियार राखेको भेटिएमा हतियार राख्ने व्यक्तिलाई कानुन अनुसारको हदैसम्मको कारवाही गरिने प्रशासनले जनाएता पनि कसैले पनि हतियार बुझाउन नआएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनले भने– एक महिना अघि प्रशासनले जारी गरेको सूचना जिल्ला प्रहरी माताहतका सवै प्रहरी चौकीसम्म प्रवाह गरेता पनि अहिलेसम्म कुनै पनि हतियार बुझाउन ल्याएका छैनन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...