गाउँ मै सय जनाको नयाँ दाँत

Written by meropradesh creator

६ बैशाख २०७९, मंगलवार

रामेछाप । सुनापति गाउँपालिकामा ४ दिने निःशुल्क दन्त शिविर संचालन गरी एक सय जनाको नयाँ नक्कली दाँत राखिएको छ । १५ जनाको पूरा सेट र आंशिक ८५ जनाको गरी १ सय जनाको दाँत राखिएको हो ।
सुनापती गाउँपालिका, पिएसएफ लक्जेवर्ग÷टिडिएच जर्मनी÷सामुदायिक विकास समाज÷महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको आयोजना र युनाइटेड डेन्टल केयर प्रालि काठमाण्डौंको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर संचालन गरिएको परियोजना संयोजक तिलक कार्कीले बताए । पौष १०–१४ मा सुनापतिका ५ वटै वडाहरुमा संचालन गरिएको निःशुल्क शिविरमा ७ सय ४० दाँतका विरामीहरुले उपचार, परामर्श पाउनुका साथै ३ सय ८ जना दाँतका रोगीहरुको दाँत फुकाल्नुका साथै ७३ वटा दाँत भरिएको थियो । सोहि छनौट शिविरबाट छानिएका विरामीहरुको गाउँमा नै दक्ष, अनुभवि दन्त विशेषज्ञबाट उपचार तथा नयाँ दाँत लगाइएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्जुन श्रेष्ठले बताए ।

गाउँमा नै ५० हजारको दाँत निःशुल्क राख्न पाउदा खुशी मान्दै खनियापानीकी शन्तमाया मानन्धर हाँसो फर्किएको बताइन् । अब त खाना खान, चपाउन पाउने भन्दै मुख छोपेर बोल्नु पर्ने अवस्था हटेको बताइन् । सुनापति गाउँपालिका वडा नं. ३ का नेत्रबहादुर खड्का थोते मुख भरिलो भएकोमा आफ्नै फोटोलाई हेर्दै दङ्ग छन् । चाउरिएको अनुहार र खोसिएको हाँसो फर्किएकोमा खुशी हुदै भने– “राम्रो पनि भइयो, खाना पनि सकिने भइयो । गरीव तथा विपन्नका लागि गाउँमा नयाँ काम गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

सुनापति गाउँपालिका र सामुदायिक विकास समाजसँगको सहयोगमा आँखा, दाँत तथा पाठेघरका समस्या भएका विरामीहरुलाई निरन्तर स्वास्थ्य शिविर मार्फत सेवा गर्र्दै जाने पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ बताए । दन्त शिविर सुनापतिको केन्द्र हिलेदेवीमा चैत्र २६ देखि २९ सम्म संचालन गरिएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...