रामेछापमा सत्ता गठबन्धनको तालमेलको सम्भाबना टर्दैै

Written by meropradesh creator

६ बैशाख २०७९, मंगलवार

रामेछाप । सत्ता साझेदार दलको रामेछापमा बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा तालमेल गरेर निर्वाचनमा जाने सम्भावना टर्दै गएको छ । रामेछापमा रहेको मुख्य तीन दल विच गठबन्धन टुँङ्गयाउनका लागि पटक–पटक भएको बैठकमा दलिय भागबण्डामा सहमति हुन सकेको छैन् ।
रामेछापमा रहेको मुख्य सत्ता साझेदार दल नेपाली काँग्रेस,नेकपा एमाओवादी र नेकपा एसका नेताहरु सबै आ–आफ्नै अडानमा रहदा गठबन्धनको सम्भाबना न्यून भएको हो ।
केन्द्रीय नेतृत्वले गठबन्धन गरेर जानका लागि मातहत निकाय हरुलाई निर्देशन दिए पछि जिल्लाका सत्ता साझेदारी दलहरुले पटक–पटक सहमतिको प्रयास गरेका थिए । सत्ता साझेदार दलका नेताहरुले संभावित गठबन्धन संगै विगत र बर्तमानमा आ–आफ्नो हैसियत र अबस्थाका बारेमा पनि छलफल गरेका थिए ।
आन्तरिक छलफल र सत्तासाझेदारी दल विचको छलफललाई एकैसाथ अघि बढाएका नेपाली काँग्रेस,नेकपा एमाओवादी र नेकपा एसका नेताहरुले सोमबार बेलुकी सम्म गरेको प्रयास पनि प्राय असफल जस्तै भएको नेताहरुको भनाइ छ ।
सोमबार विहान नेपाली काँग्रेसले माओवादी केन्द्र र नेकपा एसलाई लिखित रुपमा पत्राचार गरेर आफनो आधिकारीक दावि प्रस्तुत गरेको थियो । जसमा कांग्रेसले जिल्लाका २ नगरपालिका र ६ गाउँपालीका गरि ८ वटा पालिकाका ६४ वटा वडा मध्ये ५ प्रमुख,३ वटा उप प्रमुख र ३७ वटा वडा अध्यक्षको माग दावि गरेको थियो ।
जवाफमा नेकपा माओवादी केन्द्रले पनि लिखित रुपमा नेपाली कांग्रेस र नेकपा एसलाई पत्राचार गरी गठबन्धनका लागि आफ्नो दाबि प्रस्तुत गरेको थियो । उक्त पत्रमा माओवादीले पनी ५ वटा पालिकाका प्रमुख र उप–प्रमुख तथा ३२ वटा वडाध्यक्षका लागि बटम लाईन बनाएर लिखित रुपमा पत्राचार गरे संगै संभावित गठबन्धनको संभाबना टरेको नेताहरुको भनाईबाट पुष्टि भएको छ । तर गठबन्धनका दुई ठुला दलविचको बटम लाईन सहितको दावि र बिशेष गरी नेपाली कांग्रेसका कार्यकर्ताको गठबन्धन विरोधि दवाबका कारण गठबन्धनको सम्भाबना टरे जस्तै भएको स्रोतको भनाई रहेको छ ।
सोमबार साँझ सम्मको गठबन्धन र संभावित प्रयासका बारेमा नेपाली कांगेसका सभापति पुर्ण बहादुर तामाङ्ग (कान्छाराम) सँग सम्पर्क गर्दा उहाँले गठबन्धनको केहि झिनो संभाबना मात्र बाँकी रहेको भएपनि सहमतिको प्रयास भने न्युन बताएका छन् । सभापती तामाङ्गले दलिय भागबण्डामा कुरा मिल्ने संभाबना नभएकाले गठबन्धनको संभाबना दुर भएको र आजबाट मैत्रीपुर्ण प्रतिस्पर्धाका लागि पार्टिको आन्तरिक तयारीमा लाग्ने जानकारी गराए ।
उता नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष मैन कुमार मोक्तानले हाल सम्म गठबन्धनको प्रयासले पुर्णता नपाएको भएपनि संभावनाको ढोका भने बन्द भई नसकेको बताएका छन् । अध्यक्ष मोक्तानले अझै पनि सहमति हुन सक्ने अबस्था भएपनि आफ्नो र काँग्रेसको दाबिका बारेमा भने खुलाउन चाहेनन् ।
गठबन्धनको अबस्था र संभावनका बारेमा नेकपा समाजबादीका उप सचिब दीपक बुढथोकिले नेपाली काँगेसका कारण गठबन्धनको संभाबना टरे जस्तै भएको आरोप लगाएका छन् । उनले भने गठबन्धनका लागि एमाओवादी सकरात्मक भएकोले अझैपनि झिनो संभाबना भएपनि सहमति हुने सम्भाबना घट्दै गएको छ । जस अन्र्तगत आफनो पार्टिले जिल्लाका ८ पालिका मध्ये मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिका गरि दुई वटा अध्यक्ष र १५ बटा वडा अध्यक्षका लागि दावि पेश गरेको जानकारी पनि उप सचिब बुढाथोकिले गराए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...