एमाले संग गठबन्धन हुन सक्छ ः थापा

Written by meropradesh creator

२१ चैत्र २०७८, सोमबार

रामेछाप । आगामि निर्वाचनमा नेकपा एमाले संग सहकार्य हुन सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । सोमबार मन्थलीमा आयोजित पार्टिका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै थापाले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमाले संग सहकार्य हुन सक्ने बताएका हुन् ।
अध्यक्ष थापाले अहिलेको परिस्थितिमा राप्रपा नेपाल एकलै निर्वाचनमा जाँदा सोचेजति परिणमा ल्याउन नसक्ने अबस्था भएकोले एमाले संग तालमेल गरेर चुनाब लड्न सकिने बताएका हुन् । चुनावी तालमेलको लागि एमाले संग मिलेर जाने आन्तरिक तयारी पािर्टले गरिरहेको थापाले बताए ।
अहिलेका क्रान्तिकारी भनाउँदा पार्टिहरुको अविबेक पुर्ण काम गराईका कारण मुलुक तहस नहस भएको बताएका छन् । विगत १५ बर्षको विचमा राप्रपा नेपालबाट पनि केहि गल्ति कम्जोरी भएको स्वीकार थापाले गरेका छन् । आफनो पार्टि मुलुकको बैकल्पिक शक्तिका रुपमा उदाउँदै गर्दा काम गर्ने क्रममा केहि कम्जोरी भएकोले त्यसका लागि पनि आफुले नेपाली जनताका विचमा पुगेर माफि माग्नुनै उचित हुने भन्दै उक्त शन्देस लिएर आफु मन्थली आएको पनि बताए । परवर्तनलाई साकार पार्नका लागि आफु पनि पछी राप्रपामा समाहित भएको र उक्त पार्टिमा पनि आएको सैद्धान्तिक विचलनका कारण आफुले राप्रपा नेपाललाई पुर्नगठन गर्नु परेको थापाले वताए ।
राज संस्थाको गल्तिका कारण पछिल्लो पटक आफनो पार्टिले राजसंस्थाको एजेण्डालाई स्थगित गरेको भन्दै नेपालको ईतिहासमा राजसंस्थले पुर्याएको योगदानको भने आफनो पार्टिले सदैब सम्मान गर्नै पनि थापाले बताए ।
राप्रपा नेपालका जिल्ला अध्यक्ष रामचन्द्र कडेलको अध्यक्षतमा भएको उक्त कार्यक्रममा पार्टिका केन्द्रिय उपाध्यक्ष लाक्पा तामांग,महामन्त्री राजाराम गर्ताेला लगायतका बक्ताहरुले पनि बोलेका थिए । भेलामा करिब ३० जना युवा युवतिले विभिन्न पार्टिबाट विद्रोह गरि राप्रपा नेपालमा प्रबेश गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...