हावा हुन्डरीले मन्थली–११ तहसनहस

Written by meropradesh creator

२० चैत्र २०७८, आईतवार

रामेछाप । मन्थली नगरपालिका–११ नाटिलामा शनिवार साँझ आएको हावा हुन्डरी र पानीले तहसनहस बनेको छ । शनिवार साँझ करीब ७ बजे तिर एक्कारी आएको हावा हुन्डरी र पानिले नागरीको घरको छानो उडाउनका साथै रुखहरु ढालेर पुरै गाउँ नइ तहसनहस बनाएको छ भने एक जना घाइते भएका छन् । घाइते भएका ६५ बर्षिय बोध कुमारी बोहोरालाई शनिबार राती नै उपचारको लागी मन्थली ल्याएको थियो । हावा हुन्डरी संगै आएको पानिले २५ वटा भन्दा बढी घरको पुरै छाना उडाएका छन् भने १ सय ५० भन्दा बढी घरको केहिमात्र छाना उडाउनका साथै घरमा क्षती पुगेको छ ।

हावा हुन्डरी संगै आएको पानिले घरमा भएको धान मकै कोदो गाहुँ लगाएत अन्न बाली सबै भिजेको छ । साथै हुन्डरीले ३ वटा पसलको छाना उडाउदा पसलमा रहेको समान भिजेर नस्ट भएको छ । हावा हुन्डरी संगै आएको पानीले ४ सय बर्ष भन्दा पुराना रुखहरु समेत उखलेर फाल्नको साथै अधिकाँस रुख बिरुवाहरुको हागाँ भाजेर लगेको छ ।


पिडित परिवारलाई जिल्ला रेडक्रस सोसाइटी रामेछापले त्रिपाल बितरण गरेको छ । रेडक्रसका मन्त्री जयप्रकास श्रेष्ठको नेतृत्वमा गएको रेडक्रसको टिमले डिडितको घर घरमा गएर त्रिपाल बाडेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय, र सशस्त्र प्रहरी बल रामेछापको टोलीले उद्दार गर्नको साथै घर घरमा गएर घट्नाको बिबरण संकलन गरिरहेको ।
मन्थली नगरपमलिका–११ का वडा अध्यक्ष भिम बहादुर थापामगरले तत्कालको समस्या समाधानको लागी जिल्ला रेडक्रस सोसाइटी मार्फत त्रिपाल बितरण गरिएको भन्दै थप राहतको लागी नगरपालिका लगाएत प्रदेश सरकार र संघिय सरकार संग अनुरोध गर्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...