जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउछु ः थापा

Written by meropradesh creator

१९ चैत्र २०७८, शनिबार

रामेछाप । मन्थली नगरपालिका–३ निवासी यमबहादुर थापामगरले जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने बताएका छन् । शुक्रबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दौ थापाले जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला जसरी भए पनी बनाउने बताएका छन् । थापाले शिबको मुर्ति मन्थलीको देबकोटा चोकमा स्थापना गरी कसम खाएर भ्रष्टाचार मुक्त समाज निर्माणमा लागीपरेको बताएका छन् । थापाले भ्रष्टाचार बिरुद्धको अभियान जिल्लामा सञ्चालीत बिद्यालयहरुमा पुगेर बिद्यार्थीहरुलाई भ्रष्टाचारको बारेमा जानकारी गराउदै आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थीलाई शैक्षिक समाग्री समेत बितरण गर्दै आएको बताएका छन् ।


थापाले आफु भ्रष्टाचार बिरुद्धको अभियान लिएर मन्थली नगरापालिकाका ३३ वटा माध्यामिक बिद्यालय, २ वटा आधारभूत बिद्यालय र १ वटा रामेछाप नगरपालिकाको गौरीशंकर माध्यामिक बिद्यालयमा पुगिसकेको बताएका छन् ।


थापाले भ्रष्टाचार गर्नेलाई अब बाँकी नराख्ने भन्दै ति बिद्यालयहरुमा भ्रष्टाचार बिरुद्धको सचेतना अभियान सञ्चालन गरेको बताए । साथै थापाले प्रत्येक बिद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि १० दर्जन कापी, डटपेन, सहयोग गरेको बताएका छन् । प्रत्येक विद्यालयका वुबा, आमा वा बुवा आमा मध्ये एक जना नभएका टुहुरा वालवालिका मध्य २ जनालाई रु ५÷५ सयका दरले नगद सहयोग गरेको बताए ।
रामेछापको रजायछापमा केहि दिन अघि भएको आगलागिमा पिडित ११ घर धुरीलाई ११ बोरा चामल ११ वटा ब्ल्याङ्केट , महिलाहरुका लागि ११ वटा धोति सारी र १० दर्जन कापी बितरण गरेको समेत बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...