निशूल्क मृर्गौला परिक्षणमा २० हजार सहभागी

Written by meropradesh creator

१८ चैत्र २०७८, शुक्रबार

रामेछाप । मन्थली नगरपालिकाले निशुल्क मृर्गौला परिक्षण अभियान सम्पन्न भएको जनाएको छ । नगरपालिकाले शुक्रबार निशुल्क मृर्गौला परिक्षण अभियान नतिजा सार्वजनीकरण कार्यक्रमको आयोजना गरी मृर्गौला अभियान सम्पन्न भएको जनाएको छ । पुस ११ गते देखि फागुन मसान्त सम्म नगर पालिकाले ३१ स्थान बाट निशुल्क मृर्गौला परिक्षण अभियान सञ्चालन गरेको थियो । अभियानमा २० हजार ७ सय ९१ जनाले मृर्गौला परिक्षण गरिएको जनाएको छ ।


नगरपालिकाले राष्ट्रिय मृर्गौला उपचार केन्द्रको समन्वयमा उक्त अभियान संचालन गरेको थियो । अभियानको क्रममा पिसावमा डिपस्टीक डुवाएर मृर्गौलाको अवस्थाका बारेमा जानकारी लिइएको थियो । परिक्षणमा केन्द्रका अतिरीक्त नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सहभागि थिए ।
मृर्गौला परिक्षणको तथ्याङक शुक्रबार नगरपालिकाले सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार परिक्षण गराएका मध्ये २ हजार १ जनालाई मृर्गौला सम्बन्धी कुनै न कुनै समस्या देखिएकोले थप परिक्षणका लागि पठाइएको थियो । जिल्लामा उपलव्ध ल्यावमा थप परिक्षण गराउन पठाएका मध्ये १ हजार जतिले दोश्रो पटक परिक्षण गराएका र ति मध्ये २८ जनालाई उपचारका लागि काठमाण्डौं रेफर गरीएको थियो ।
६ बर्ष भन्दा माथि उमेर समूहका करिव ३५ हजार नागरिकको मृर्गौला परिक्षण गर्ने लक्ष्य लिइएकोमा ओमिक्रोानका कारण अभियानलाई प्रभावित पारेको प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले वताए । नगर प्रमुख रमेशकुमार वस्नेतले मृर्गौलाको अभियानको रुपमा निशूल्क परिक्षण गराउने मुलुकमै पहिलो स्थानीय तह हुन पाएकोमा गर्व गर्दै अभियानलाई निरन्तरता दिने वताए । कार्यक्रममा मृर्गौला उपचार केन्द्रका प्रमुख डाक्टर ऋषिकुमार काफ्लेलाई कदरपत्र द्वारा सम्मान गरीएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...