खेलाडी भएर गुमाए बाख्रा पालन बाट कमाए

Written by meropradesh creator

१८ चैत्र २०७८, शुक्रबार

रामेछाप । रामेछाप नगरपालिका– ५ रामपुरका हिराललाल सुनुवारले खेलाडी जीवन छाडेर अहिले बाख्रा पालन सुरु गरेका छन् । सुनुवारले उस्सु, बक्सिङ खेलमा १ दशक भन्दा बढी बिताए । खेल जीवनमा परिवार पाल्न त परको कुरा आप्mनो एकल जीवन पनि चलाउन समस्या भयो । अहिले उनले खेल जीवन चटक्कै माया मारेर बाख्रा पाल्न थालेका छन् । खेलमा आफ्नो भविष्य र परिवारको खुसी नदेखे पछि सुनुवारले एक दशक भन्दा बढी काम गरेको आफ्नो पेशा नै फेरे । सुनुवारले चार वर्ष अघि रामेछापको मन्थली र सुनसरीको इटहरीबाट उन्नत जातका बाख्रा बोका ल्याए र बाख्रा पालन शुरु गरे । छतिवन बहुउद्देश्यीय कृषि तथा पशुपालन प्रा.लि नाम दिएर ।
पहिलो पटक सुनुवारले ४० वटा बाख्राबाट सुरु गरेको उनको फर्ममा अहिले २ सय ५० भन्दा बढी बोका बाख्रा छन् । सामान्य बाख्रापालनबाट व्यवसाय सुरु गरेको हिरालाल सुनुवारले अहिले बोयर जातीको बोका तथा पाठापाठीसमेत उत्पादन गर्ने गरेका छन् । शुरु शुरुमा बजारको केही समस्या भएको भएता पनि अहिले बजारको समस्या छैन । हिरालालले बोयर पाठापाठी उत्पादन सुरु गरेको खबर “एक कान, दुई कान मैदान” भएपछि उनको फार्ममा बोयरका पाठापाठी किन्ने किसान र व्यवसायीको भिड नै बढ्न थालेको छ । व्यवसाय फस्टाउदै गए पनि सुनुवार अझै व्यवसायलाई बढाउन दिनरात तल्लिन छन् ।
सुनुवारको बाख्रा फार्म सुनकोशी तीरैमा छ । सुनकाशसीको सललल बगेको पानीसँगै खुर्कोट घुर्मी मध्य पहाडी राजमार्गबाट सुनुवारको छतिवन बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म चिटिक्क देखिन्छ । फर्म वरिपरी हरियो घाँस लगाइएको छ । जसको कारणले वातावरणसमेत मनमोहक देखिन्छ । सुनुवारको फार्ममा बाख्रापालन गर्न इच्छुक किसान आउने जाने भैइरहन्छ । उनको फर्ममा ब्यवसायीहरु बाख्रा पालन गर्न खोजेको व्यवसायीहरू उनको फार्म हेर्न आउने प्रसस्तै भेटिन्छन् । उनले फर्ममा बाख्रासँगै टर्की, हाँस बट्टाईसमेत पालेका छन् ।
नेपालमा दशैँ तिहार लगायत पर्वमा खसी तथा बोका अपुग भई छिमेकी भारत वा चीनबाट अरवौमा खरिद गर्नु पर्ने अवस्था छ तर अझै पनि युवाहरु बाख्रा पालनमा खासै लागिपरेको देखिदैन । सरकारले पनि बाख्रा पालनमा अनुदान नदिएको होइन । तर अनुदान रकम बाख्रा पालन कृषकका फर्ममा भन्दा पनि कार्यकर्ताको खल्तीमा जाने हुँदा बाख्रापालन गर्ने कृषकहरुमा वृद्धि हुन सकेको छैन । सही कृषक छनौट गरेर अनुदान रकम दिने हो भने नेपालमा छिमेकी देश भारत लगायत चीनबाट मासु खरिद गर्न पर्ने थिएन ।
देशमा मासुको अभाव भइरहेको अवस्थामा छतिवन बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्मले भने मासुको अभाव देशमा कम होस् भन्ने उद्देश्यले जिल्लाको अन्य कृषकहरुलाई बाख्रा पालनमा सहयोग पुगोस् भनेर बाख्रा पालनमा प्रोत्साहन गरेको छ । अहिले फर्ममा पाठापाठी किन्न आउनेहरू प्रसस्तै भटिन्छन् । उनीहरुकोे उद्देश्य एउटै हुन्छः पाठा वा पाठी किन्ने, पाल्ने र मासुको लागि खसीबोकाको उत्पादन गर्ने र मुनाफा कमाउने । सुनुवारले फर्ममा आउने बाख्रा पाल्न रुची राख्ने किसानहरुलाई आप्mनो सफलताको कथा समेत सुनाउछन् र बाख्रा पाल्न प्रोत्साहन गर्छन् ।
सुनुवारले अहिले विशेष गरी बोयर जातको पाठापाठी उत्पादन गरिरहेका छन् । बोयर जातका पाठापाठी खासै नेपालमा पाइदैन । बोयर जातका बोका बाख्रा विशेष गरी दक्षिण अफ्रिकामा पाइन्छ । बोयर बोकाबाख्रा वा हेर्दै बलियो देखिन्छ र खँदिलो मासु हुन्छ । प्रायः सेतो वा खैरो वा दुवै रङ्ग मिसिएको बोयर बाख्राले धेरै थरी रोग प्रतिरोध गर्न सक्षम हुन्छन् । खासै अन्य जातका बाख्रा जस्तो रोगी हुँदैन ।
त्योभन्दा पनि चाख लाग्दो कुरा यो होः बोयरको पाठापाठी एकदमै छिटो बढ्छन् । बोयर बाख्राको तौल ९० दिनमै ३६ किलोग्रामसम्म पुग्दछ । छिटो बढेसँगै राम्रो आम्दानी पनि हुने गर्दछ । बोयर जातका बाख्रा पालनबाट । राम्रो आम्दानी हुने भएकोले अहिले बोयर जातको पाठापाठी उत्पादनमा लागिपरेका छन् सुनुवार ।
अमेरिकाको टेक्सास र विभिन्न पश्चिमा देशहरूमा बोयर बोका यदाकदा विभिन्न खेल वा प्रदर्शनीको लागि पाल्ने गरिएको पाइन्छ । तर जताततै बोयर खसी, बोका र मासुको लागि प्रख्यात छ ।
सुनुवारले फर्ममा मासुको लागि भन्दा पनि पालनको लागि मात्र पाठापाठी उत्पादन गरेका छन् । उनी भन्छन् यतीबेला मासुको लागि भन्दा पनि पालनको लागि हामीले उत्पादन गरेका छौं । पालनको लागि पाठापाठी खोज्न धेरै कृषकहरु फर्ममा आउने भएकोले पहिला कृषकको घरघरमा बोयर जातको बोका पाठी पु¥याउनु पर्छ भनेर लागिपरेका छौं । नेपालमा पनि शुद्ध बोयरको मासु अझै सहजै उपलब्ध छैन । तर अफ्रिका र अमेरिकातिर मासुका पारखीहरूले बोयरको मासु खोजीखोजी खाने गरेको जानकारहरू बताउँछन् ।
“युवाहरू महिनामा २०–२५ हजार रुपैयाँ कमाउनको लागि दुई तीन लाख खर्च गरेर वैदेशिक रोजगारीमा गइरहेका छन् । उनीहरूले नेपालमा नै बसेर एउटा बोका बिक्री गर्दा २०–२५ हजार रुपैयाँ सजिलै कमाउन सक्छन् ।”– उनले भने । विदेशमा जान लगानी गर्ने पैसा बाख्रा पालनमा मात्र नभएर अन्य कृषि क्षेत्रमा लगानी गर्ने हो भने विदेशको भन्दा धेरै आम्दानी नेपालमा नै सजिलै गर्न सकिने बताउछन् । सुनुवारको फर्ममा केही युवाहरुले रोजगारी पनि पाएका छन् । उनले अझै धेरैलाई युवाहरुलाई रोजगारी दिन सकिन्छ कि भनेर लागि परेको बताउछन् ।
हिरालाल सुनुवारको फर्ममा जाँदा त्यहाको बाख्रा देखेर सबै छक्क पर्ने गरेका छन् । नौलो जातको बाख्रा पालन गरेका सुनुवारको फर्म बाख्रापालन गर्ने किसानहरूलाई पाठशाला भएको छ । उनको फर्ममा नेपालका विभिन्न स्थानबाट अवलोकनका लागि संघ सस्था र किसानहरू आउने गरेका छन् । फार्ममा काम गर्नेहरू पनि उनको व्यवहारदेखि खुसी छन् । परिवारका सदस्य जस्तै माया गर्छन् सुनुवार कामदारलाई । अहिले सुनुारले पाँच जनालाई रोजगारी दिएका छन् । सुनुवार बाख्राहो हेरचाहमा आफै लागि पर्छन् । सुनुवार भन्छन् “बाख्रा पाल्ने भनेर मात्र हुन्न । केही सीप आपूmमा पनि हुन जरुरी छ । आफुसँग सीप छैन र आपूm मेहनत नगर्ने हो भने बाख्रा पालेर फाइदा नहुने बताउछन् ।” देशमा कृषि क्षेत्रको समग्र विकास गर्ने हो भने सबै भन्दा पहिला सरकारले कृषकहरुलाई तालिमको व्यवस्था गर्ने र हौसला बढाउने काम गर्नु पर्दछ । सुनुवारले अहिले नेपालमा आफ्नै जन्मभूमिमा बसेर राम्रो आम्दानी गरिरहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...