खाँडादेवीले सार्वजनिक जग्गा मिच्नेलाई कानुनी दायरामा ल्याउने

Written by meropradesh creator

१७ चैत्र २०७८, बिहीबार

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्ने नागरिकलाई कानुनी दायरामा ल्याउने भएको छ ।

गाउँपालिकाले पालिका भित्र रहेका ९ वटै वडाका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने संख्या बढ्दै गएपछि पालिकाले बाध्य भएर नागरिकहरुलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको हो । यसअघि बसोवास गर्दै आएका नागरिकहरुलाई पालिकाले निर्धारण गरेको मासिक रुपमा शुल्क लिएर बसोवास गर्न दिने भएको छ ।

पालिकाले शुरुमा सार्वजनिक जग्गा एकिन गर्ने र सार्वजनिक जग्गामा बसोवास गर्दै आएका नागरिकहरुसँग १ फिट जग्गाको ५ रुपैयाँको दरले रकम असुल उपर गर्ने निर्णय गरेको हो । गएको आर्थिक वर्षमा नै सार्वजनिक जमिन छुट्याउन अमिन खटाउने निर्णय गरेको पालिकाले अहिलेसम्म सार्वजनिक जग्गा एकिन गर्न नसक्दा निर्णय कार्यान्वयन भने अझै हुन सकेको छैन् ।

पछिल्लो समय पालिका भित्रका सार्वजनिक जग्गा अतिक्रमण गरी घर तथा टहरा निमार्ण गरेर बस्ने नागरिकहरुको संख्या दिनानुुदिन बढ्न थालेपछि बाध्य भएर यो अभियान चलाउन लागिएको खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले जानकारी दिइन । उनले भनिन्– पहिला देखी बसोबास गर्दै आएका नागरिकहरुलाई एकै पटक हटाउन नसकिने रहेछ । त्यसैले पालिकाले सार्वजनिक जग्गामा बस्नेहरुसँग केही शुल्क लिने र जग्गा उपभोग गर्न दिने निर्णय गरेर प्रक्रियागत रुपमा अगाडी बढेका छौं, उपाध्यक्ष श्रेष्ठले बताइन ।


खाँडादेवीको पर्यटकिय स्थलको रुपमा चर्चित रहेको गाल्वा वजारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर घना बजार बसेको छ । उक्त स्थानमा पक्की भवनहरु समेत निमार्ण भइसकेका छन् । सुनापति, खाँडादेवी र दोरम्वा गाउँपालिकाको संगम स्थल मानिएको उक्त गाल्वा वजार स्थानियहरुको मुख्य बजार केन्द्र हो । उक्त क्षेत्रमा अहिले पनि अस्थायी संचरनाहरु निमार्ण भइरहेका छन् ।

स्थानिय तह गठन पछि गाउँगाउँमा कच्ची धुले सडक निमार्ण भएसँगै सडकको छेउछाउका सार्वजनिक जग्गा मिच्दै घर तथा टहर निमार्ण गरी व्यापार व्यवसाय संचालन गर्ने नागरिकहरुको होडबाजी नै चलेको छ । खाँडादेवी गाउँपालिका मात्रै हैन सार्वजनिक जग्गा अतिक्रमण गर्ने रोग जिल्लाका ८ वटै स्थानिय तहहरुमा समेत रहेको छ । सार्वजनिक जग्गा अतिक्रमणको बिषयमा पटकपटक समाचारहरु विभिन्न संचारमाध्यमहरुमा आएता पनि डिभिजन वन कार्यालय रामेछापले समेत कुनै वास्ता गरेको देखिदैन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...